प्लास्टिक सर्जरी गरेर सुन्दर बनाए जस्तै सरकारको नीति योजना; वरिष्ठ नेता अशोक राई – Satabdi News

प्लास्टिक सर्जरी गरेर सुन्दर बनाए जस्तै सरकारको नीति योजना; वरिष्ठ नेता अशोक राई

जेठ ४, बेलबारी । सरकारले जेठ २ गते शुक्रबार आर्थिक वर्ष २०७७/७८ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतमाथि जनता समाजबादी पार्टी नेपालको नेता अशोक राईले टिप्पणी गर्नु भएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममाथि गर्नु भएको टिप्पणी यस्तो छ;

६३ पन्नाको नीति तथा कार्यक्रम पढियो । संक्षेपिकरण नजानेका लेखक परेछन् । धेरै काम गरेको देखाउन चाहाने लेखाउने परेछन् । पुराना भइसकेका र दुई तीन बर्ष पछिको अर्को नीति कार्यक्रममा राख्नु पर्ने समेत राखेर मोटो बनाइएको यसमा केहि राम्रा कुरा पनि छन् । तर यो कुरा खराब मानिसको अनुहार प्लास्टिक सर्जरि गरेर सुन्दर बनाए जस्तो मात्रै हो ।

देशवासीलाई बिभेद, उत्पीडन, अन्याय, असमानता जातिवादि थिचोमिचोमा राखेर कुनै विकास संभव छैन । आर्थिक विकास भए पनि न्यायपुर्ण वितरण हुन्न । त्यसैले सबै भन्दा पहिले संबिधानमा भएका विभेदकारी, जातिवादि अवैज्ञानिक, विकृत व्यबस्थाहरु संशोधन गरी संविधानको स्वामित्व सबैले लिन सक्ने बनाउने बारे कुनै उल्लेख नभए पछि सुनको डुङ्गामा प्वाल परिहाल्यो ।

केही नयाँ कुरा वा पुराना कुरा पनि कार्यान्वयन गर्न सरकारको आचरण, सोच, इमानदारीता, नैतिक धरातल विश्वसनीय हुनुपर्छ जो आजसम्मको ब्यबहारबाट आधारहिन भई सकेको छ । कार्यान्वयनको महत्वपुर्ण पक्ष कर्मचारी प्रशासन हो । त्यसलाई कार्यमुखि संस्कृतिमा नफेरी सबै कुरा गफमा रुपान्तरित हुनेछन् ।

(साभार; उहाँको फेसबुकबाट गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्लास्टिक सर्जरी गरेर सुन्दर बनाए जस्तै सरकारको..." A few seconds ago

सम्बन्धित खवर