पहिलो पटक नेपालमा कोरोना भाईरसबाट एक महिलाको मृत्यु – Satabdi News

पहिलो पटक नेपालमा कोरोना भाईरसबाट एक महिलाको मृत्यु

जेष्ठ ३, बेलबारी । नेपालमा पनि कोबिड – १९ बाट १ जना महिलाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।

नेपालमा भने पहिलो पटक कोरोना भाइरसबाट मृत्यु भएको हो । दुई पटकको परीक्षणमा पनि उनमा कोरोना देखिएको थियो । उनको मृत्यु पछि पहिलो पटक धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएको थियो । पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइदा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

उनलाई गत वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल टिचिङमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्टै अस्पतालले उनलाई डिस्चार्ज दिएपछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी थिइन् ।

पछि उनलाई श्वासप्रश्वासको समस्या बढेपछि जेठ १ गते बाह्रबिसे स्थित स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखिएपनि कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल पठाइएको थियो।

अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ। उनको दाहसंस्कारका लागि नेपाली सेना र प्रहरीको टोलीले पशुपति आर्याघाट पु¥याएको छ ।

हालसम्म संक्रमितको संख्या भने २७८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पहिलो पटक नेपालमा कोरोना भाईरसबाट एक महिलाको मृ..." A few seconds ago

सम्बन्धित खवर