हास्य टेलीसिरियलका निर्देशक प्रेम गुरुङको सहयोगमा राहत बितरण – Satabdi News

हास्य टेलीसिरियलका निर्देशक प्रेम गुरुङको सहयोगमा राहत बितरण

जेठ ३, बेलबारी । बेलाबारी वडा नं. १० भाउन्ने युथ क्लबको अगुवाईमा २० घर ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ।

उक्त राहत वितरणको लागि आफ्नो गाउँ समाजलाई माया गर्ने सहयोगी मनका धनी हास्य टेलीसिरियल “अलिकति हुन्छ नी” का निर्देशक समाजसेवी प्रेम गुरुङ र उनको टिमले कोरोना भाइरस (COVID-19) को कारण रोगले भन्दा अघि भोकले कोहि पनि मर्न नपरोस भनी आफ्नो सुटिङ खर्चको रकम आर्थिक सहयोग गरेको राहत कार्यक्रमका संयोजक अमिर मगरले जानकारी गराए।

निर्देशक प्रेम गुरुङ

यसअघि पनि भाउन्ने युथ क्लबले ८० घर विपन्न मजदुर परिवारलाई खाद्यान्न राहत वितरण गर्नुका साथै सरसफाई, वन संरक्षण, खेलकुद र अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको कुरा क्लबका अध्यक्ष सन्तोष तामाङले शताब्दी न्युजलाई बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हास्य टेलीसिरियलका निर्देशक प्रेम गुरुङको सहयोग..." A few seconds ago

सम्बन्धित खवर