फौजी किराको प्रकोप बढेपछि किसानहरु चिन्तित – Satabdi News

फौजी किराको प्रकोप बढेपछि किसानहरु चिन्तित

तुलसी राम धमला

तेह्रथुम बैसाख ३१ । खेतबारीमा लगाएको मकै बालिमा फौजी किराको प्रकोप बढेपछि आठराई क्षेत्रका किसानहरु चिन्तित भएका छन ।
यश क्षेत्रको प्रमुख अन्न बालिको रुपमा रहेको मकै खेतिमा किराले आक्रमण गरेपछि किसानहरु समस्यामा परेका हुन  ।


मकै गोड्ने सिजन सुरु हुदा देखिनै किराले मकैको गुबो र पात खाएर नष्ट पारेको छ आठराई थोक्लुङ ५ का कृषक भिम प्रसाद फुएलले गुनासो पोख्नु भयो । उहाले भन्नू भयो यस्तै अवस्थामा छोड्ने हो भने सबै मकै सखाप पार्ने भयो ।

गत बर्ष पनि यश क्षेत्रको मकै खेतीमा खडेरी र फौजी किराको प्रकोपको कारण मकै बालिमा ठुलो क्षति पुर्याएको थियो ।
मकै खेतिमा देखापरेको प्रकोपलाई बेलैमा सम्बन्धित निकायले ध्यान दिएर नियन्त्रण गर्नुपर्ने थोक्लुङ कृषि सहकारी संस्थाका अध्यक्ष रमेशकुमार बजगाईले बताउनु भयो ।
यश क्षेत्रका किसानहरुले लगाउने बालिहरुमा बर्से्नि विभिन्न प्रकोपका कारण अन्न उत्पादनमा गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फौजी किराको प्रकोप बढेपछि किसानहरु चिन्तित" A few seconds ago

सम्बन्धित खवर