भाउन्ने बजार ब्यबस्थापन समितिको अगुवाईमा राहत बितरण – Satabdi News

भाउन्ने बजार ब्यबस्थापन समितिको अगुवाईमा राहत बितरण

वैशाख ३०, बेलबारी । बेलाबारी वडा नं. १० भाउन्ने बजार व्यवस्थापन समितीका अध्यक्ष विक्रम तामाङको अगुवाईमा साथै स्थानीय समाजसेवी युवाहरु र अग्रजहरुको उपस्थितिमा भाउन्ने आसपासका ५४ ज्याला मजदुरी गर्ने विपन्न घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

बजार व्यवस्थापन समितीका अध्यक्ष विक्रम तामाङ
बजार व्यवस्थापन समितीका अध्यक्ष विक्रम तामाङ

 

उक्त राहत वितरणको लागि आफ्नो गाउँ समाजलाई माया गर्ने सहयोगी मनका धनी मलेसिया जोरबारु पहाड (GS) समाजसेवा क्लबमा आबद्ध समाजसेवी युवाहरु प्रमोद मोक्तान, राम परियार, बिमल पोखरेल, महेन्द्र केरुङ र मिथुन बिराजीले रु. ६० हजार आर्थिक सहयोग गरेका छन् ।

राहत बितरण

विश्व आज कोरोना भाइरस (COVID-19) ले आक्रान्त भैरहेको अवस्थामा यस्तो सरुवा महामारी रोगले गर्दा विश्वमा ठुलो धनजनको क्षति भैरहेको छ तसर्थ रोगले भन्दा पनि भोकले कोहि मर्न नपरोस भनी भाउन्ने बजार व्यवस्थापन समितीका अध्यक्ष विक्रम तामाङले जानकारी गराए ।

कार्यक्रम संयोजक विवेक छिन्नाल

 

यस अघि पनि भाउन्ने युथ क्लबको अगुवाईमा ८० घर विपन्न मजदुर परिवारलाई खाधन्न राहत वितरण गरिएको र यस विपतको घडीमा हुदा खानेलाई रोगले भन्दा भोकले अघि मर्न नदिन सबैले आ-आफ्नो तवरले सक्ने सहयोग गर्नुपर्ने कुरा कार्यक्रम संयोजक विवेक छिन्नालले शताब्दी न्युजलाई बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भाउन्ने बजार ब्यबस्थापन समितिको अगुवाईमा राहत ब..." A few seconds ago

सम्बन्धित खवर