मधेश ईन्जिनियर्स एसोसिएसनमा बाग्मती प्रदेशमा स्तुति झाको नेतृत्व – Satabdi News

मधेश ईन्जिनियर्स एसोसिएसनमा बाग्मती प्रदेशमा स्तुति झाको नेतृत्व

बैशाख २७, काठमाडौ । मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिद्वारा गरिएको निर्णय अनुसार जिल्ला, प्रदेश र केन्द्रीय समितिको पुनर्गठनको कार्यतालिका तय गरिए अनुसार कोरोना भाइरसको कारणले विश्व व्यापी महामारीको अवस्था सिर्जना भएको कुरा सबैमा अवगत नै छ । तथापि नेपाल सरकार द्वारा गरिएको लकडउनलाई मध्यनजर गर्दै टेलिफोन संवाद, समाजिक सञ्जाल फेसबुक, मेसेन्जर र भिडियो कन्फरेन्स मार्फत दोस्रो चरणमा बाग्मती प्रदेश कार्यसमितिको गठन भएको छ ।

बाग्मती प्रदेशको ईन्चार्ज धनुषा जिल्ला निवासी हाल काठमाडौंमा कार्यरत सितेश यादवको प्रमुख आतिथ्यमा धनुषा जिल्ला हाल भक्तपुर ठिमी निवासी स्तुति झाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष सहित ५, महासचिव १, सचीव ५ कोषाध्यक्ष १, सह कोषाध्यक्ष १, मिडिया संयोजक १ र अन्य २० सदस्य गरी ३५ सदस्य सहित कार्यसमिति गठन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मधेश ईन्जिनियर्स एसोसिएसनमा बाग्मती प्रदेशमा स्..." A few seconds ago

सम्बन्धित खवर