भाउन्ने युथ क्लबद्दारा वडा नं १० मा राहत बितरण – Satabdi News

भाउन्ने युथ क्लबद्दारा वडा नं १० मा राहत बितरण

वैशाख २२, बेलबारी । बेलाबारी वडा नं. १० का भाउन्ने युथ क्लबको अगुवाईमा बिदेशमा हुने स्थानीय समाजसेवी युवाहरुको आर्थिक सहयोगमा भाउन्ने आसपासका ८० ज्याला मजदुरी गर्ने विपन्न घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

आफ्नो गाउँ समाजलाई माया गर्ने सहयोगी मनका धनी कतारमा (Q.C.C.) कार्यरत गणेश घिमिरे, कृष्ण लामिछाने, मोहन विष्ट, निरज हिङ्माङ, रेवत ब. मगर, लोक ब.खड्का, सुरेश हिङ्माङ, विष्णु हिङ्माङ र उपेश नेपालले रु ६०,०००/- (साठी हजार) सहयोग गर्नु भएको छ । कोरोना भाइरस (COVID-19) जस्तो सरुवा महामारी रोगले गर्दा विश्वमा ठुलो धनजनको क्षति भैरहेको अवस्थामा रोगले भन्दा भोकले कोहि मर्न नपरोस भनी भाउन्ने युथ क्लबले यस कार्यमा समन्वय गरेको कार्यक्रम संयोजक अमीर मगरले जानकारी दिएका छन् ।

भाउन्ने युथ क्लबले पहिले देखि नै सरसफाइ, खेलकुद, साङ्गीतिक कार्यक्रम, वन संरक्षण तथा समाज परिवर्तनको लागि अन्य विभिन्न कार्यक्रमहरु र गतिविधिहरु गर्दै आइरहेको थियो । यस विपतको घडीमा सरकारले रोग र भोकले कसैलाई मर्न नदिन उचित कदम चाल्नुपर्ने र हामी जनताले पनि आ-आफ्नो वरपर हुदा खाने अति विपन्न परिवारलाई सक्ने सहयोग गरौ, आवश्यक सावधानी अपनाई सुरक्षित रहौ अनि यो कोरोना माहामारीबाट चाडै नै विश्वले मुक्ति पाओस भन्ने कुरा क्लबका अध्यक्ष सन्तोष तामाङले शताब्दी न्युजलाई जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भाउन्ने युथ क्लबद्दारा वडा नं १० मा राहत बितरण" A few seconds ago

सम्बन्धित खवर