नेपालमा कोरोना संक्रमित ६९ पुग्यो – Satabdi News

नेपालमा कोरोना संक्रमित ६९ पुग्यो

बैशाख २१, बेलबारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाको अनुसार नेपालमा आज फेरी ९ जनालाई कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ । नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

संक्रमित ९ जना मध्ये ५ जना पुरुष र ४ महिला संक्रमित रहेका छन् । डा. देवकोटाको अनुसार संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमित लाई नेपालगञ्ज अस्पताल लगिँदैछ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा कोरोना संक्रमित ६९ पुग्यो" A few seconds ago

सम्बन्धित खवर