वीरगन्जमा थप एक जनामा कोराना संक्रमित पुष्टिसंगै नेपालमा ६० पुग्यो – Satabdi News

वीरगन्जमा थप एक जनामा कोराना संक्रमित पुष्टिसंगै नेपालमा ६० पुग्यो

बैशाख २१, वीरगन्ज । वीरगन्जमा आइतबार थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । वैशाख १४ मा, वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज ३ छपकैयाका ४९ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसअघि चैत ३० मा वीरगन्ज २ छपकैयाको मस्जिदमा बसेका तीन भारतीय मुस्लिम जमातीमा पनि कोरोना संक्रमण भेटिएको थियो । काठमाडौंबाट आइतबार दिउँसो नारायणी अस्पताललाई प्राप्त रिपोर्टअनुसार पोजेटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ आएपछि ती संक्रमीतलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वीरगन्जमा थप एक जनामा कोराना संक्रमित पुष्टिसंग..." A few seconds ago

सम्बन्धित खवर