लकडाउन नहटाउन डब्ल्यूएचओको आवान! हटाए, मानवीय क्षति हुन सक्ने – Satabdi News

लकडाउन नहटाउन डब्ल्यूएचओको आवान! हटाए, मानवीय क्षति हुन सक्ने

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसविरुद्ध जारी लकडाउन  नहटाउन आवान गरेको छ ।  उनले  कोभिड -१९ को संक्रमण लामो समय सम्म रहन सक्ने पनि बताएका छन्।

डब्ल्यूएचओले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड १९ बढ्ने क्रममा लकडाउन जस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुन सल्किने बताए।

पछाडि फर्केर हेर्दा मलाई लाग्छ हामीले उचित समयमै सङ्कट घोषणा र्गयौँ जतिखेर त्यसबारे काम गर्न विश्वसामु पर्याप्त समय थियो,’आयोजित पत्रकार सम्मेलनमा उनले भने।

डब्ल्यूएचओले ज्यानुअरी ३० मा कोभिड(१९ लाई अन्तर्रा्ष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट घोषणा गरे संगै मार्च ११ मा भने यस रोगले महामारीको रूप लिएको जनाएको हौ।

विश्वभरि अहिले २६ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिएको छ र एक लाख ८३ हजार भन्दा धेरैले ज्यान गुमाएका जोन्स हप्किन्स यूनिभर्सिटीका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको उनको भनाइ थियो।

‘केही गल्ती नगरौँ हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ। भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ।’ भाइरसलाई निकै खतरनाक बताउँदै उनले भने, ‘प्रारम्भिक प्रमाणले विश्वका अधिकांश जनसङ्ख्या यसको जोखिममा रहेको सङ्केत गर्छ।’

त्यसको अर्थ यो महामारी सजिलै बिउँतिन सक्छ। अहिले हामीले हाम्रो कामबाट सन्तोष मान्यौँ भने त्यो सबैभन्दा ठूलो खतरा हुनेछ। डब्ल्यूएचओको कामको थुप्रै देशहरूले प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउन नहटाउन डब्ल्यूएचओको आवान! हटाए, मानवीय क..." A few seconds ago

सम्बन्धित खवर