बेलबारीको वडा ४ मा दोस्रो चरणको राहत बितरण – Satabdi News

बेलबारीको वडा ४ मा दोस्रो चरणको राहत बितरण

वैशाख २०, बेलबारी । बेलाबारी वडा नं. ४ स्थित हिमाली टोलमा, हिमाली टोल विकास समितिले बेलबारी नगरपालिकाको सहयोगमा ज्याला मजदुरी गर्ने ४६ घर परिवारलाई दोस्रो चरणको खाद्यान्न सामग्री वितरण गरेको छ । ज्याला मजदुरी गर्ने परिवारको पहिचान गरी राहत वितरण गरेको वडा-४ का अध्यक्ष राम किराँती राईले जानकारी दिएका छन ।

टोल बिकास समितिले परिवार सदस्य सङ्ख्याको आधारमा खाद्यान्न वितरण गरेको छ । प्रति परिवारमा २ देखी ४ जना सदस्य सङ्ख्या भएकालाई १५ केजी चामल, १ केजी नुन, १ केजी दाल गरी ३८ घर परिवारलाई राहत बितरण गरिएको थियो । यस्तै ४ जना भन्दा बढी परिवार सदस्य भएको ८ घर परिवारलाई २५ केजी चामल, १ केजी नुन, २ केजी दाल र १ वटा साबुन वितरण गरिएको हिमाली टोल विकास संस्थाका अध्यक्ष केशवमान गुरुङले जानकारी गराए । राहत कार्यक्रममा वडा प्रतिनिधि सदस्य आनन्द राहत, जनता समाजवादी पार्टी, वडा-४ का अध्यक्ष रमेश गुरुङ, ने.क.पा का वडा-४ अध्यक्ष नारायण सुनुवारको पनि उपस्थिति रहेको थियो ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनले उत्पन्न गराएको विभिन्न समस्या र ज्याला मजदुरी गर्ने परिवारमा खाद्यान्नको अभाव प्रमुख बन्दै गएको हुनाले टोल बिकास समिति र नगरपालिकाको समन्वयमा दोस्रो राहत कार्यक्रम गरिएको टोल बिकास समितिको कोषाध्यक्ष चन्द्रकला गुरुङले शताब्दी युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको वडा ४ मा दोस्रो चरणको राहत बितरण" A few seconds ago

सम्बन्धित खवर