मोटरसाईकल दुर्घटनामा बेलवारीका सौजनको मृत्यु – Satabdi News

मोटरसाईकल दुर्घटनामा बेलवारीका सौजनको मृत्यु

बैशाख १९, बेलवारी । बेलबारी नगरपालिका स्थित वार्ड न -८ राधानगरमा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

बुधवार राती ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २८ प ७४५४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक सौजन कार्कीको मृत्यु भएको छ ।

मोटरसाईकल चालक स्थानीय २१ बर्षीय सौजन कार्की र सोही मोटरसाईकलको पछाडी सवार रहेका स्थानीय २२ बर्षीय साने तामाङलाई उपचारको लागी नोबेल अस्पताल पठाईएको छ भने चालक कार्कीको उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोटरसाईकल दुर्घटनामा बेलवारीका सौजनको मृत्यु" A few seconds ago

सम्बन्धित खवर