समाजवादी पार्टी सिन्धुपाल्चोक लिसंखुपाखर गा.पा.का नेताद्वारा सातै वडामा स्वस्थ्य सामग्री वितरण – Satabdi News

समाजवादी पार्टी सिन्धुपाल्चोक लिसंखुपाखर गा.पा.का नेताद्वारा सातै वडामा स्वस्थ्य सामग्री वितरण

बैशाख १८, सिन्धुपाल्चोक । यति बेला बिश्व नै कोरोना भाईरसको दु:खद महामारी अवस्थामा गुज्रिरहेको छ । तर नेपालमा भने राजनीतिक खिचातानी मै सरकार ब्यस्त रहेको अवस्थामा उचित स्वस्थ्य सामाग्रीको अभावमा स्वस्थकर्मीहरु नै संक्रमन हुने स्थितीलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्ला समाजवादी पार्टीका अध्यक्ष जगत बहादुर तामाङको पहल र सहयोगमा साथै जिल्ला सह-सचिव बिकास तामाङ जिल्ला नेता चिना तामाङ लगायत लिसंखुपाखर गा.पा.का नेता/कार्यकर्ताको सहयोगमा गाउँपालिकाका सातै वडाका स्वस्थ चौकीलाई स्वस्थ्य सामग्री वितरण गरिएको छ ।

वितरण गरिएको सामग्रीहरुमा लिसंखुपाखर गा.पा.स्थित ७ वडाका स्वास्थ केन्द्रका लागि पि.पि.ई. सेट, सेनिटाइजर, पन्जा, मास्क आदि लगायत रहेका छन् । उक्त सामग्री लिसंखुपाखर वडा नं ७ का वडा अध्यक्ष बयान सिंह तामाङको समन्वयमा वितरण गरिएको हो । उक्त कार्यक्रममा समाजवादी पार्टी लिसंखुपाखरका नेता/कार्यकर्ताहरुले यस दु:खद घडीमा गरेको सहयोगको प्रशंसा गर्दै लिसंखुपाखरका वडा ७ का डाडापाखर स्वस्थ केन्द्रका स्वस्थ्यकर्मी लक्ष्मण बस्नेतले धन्यवाद ज्ञापन साथै खुसी व्यक्त गरेका कुरा समाजबादी पार्टी जिल्ला सह-सचिब विकाश योन्जन तामाङले शताब्दी न्युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी पार्टी सिन्धुपाल्चोक लिसंखुपाखर गा.पा...." A few seconds ago

सम्बन्धित खवर