सन्चार गृहलाई विशेष प्याकेज माग्दै फोनिज – Satabdi News

सन्चार गृहलाई विशेष प्याकेज माग्दै फोनिज

काठमाडौं, १८ बैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले सबै प्रकारका सञ्चार गृहका लागि विशेष प्याकेज ल्याउन तीनै तहको सरकारहरुसँग माग गरेको छ ।
अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा बिहिबार बसेको संघीय समितिको भर्चुअल बैठकले यस्तो माग गरेको हो ।
कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउन समयावधि लम्बिँदा सन्चार गृहहरु मारमा परेको भन्दै फोनिजले त्यसबाट सन्चारकर्मी पपीडित भएको ठहर गरेको छ ।
बैठकपछि फोनिज संगठन सचिव मिलन लिम्बूबाट जारी विग्यप्तिमा कठिन अवस्थामा समाचार संकलन गर्ने पत्रकारका लागि आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहलाई माग गर्दै फोनिजले वर्तमान संकटलाई देखाएर कुनै पनि पत्रकारलाई निस्कासन र तलब कटौती नगर्न आग्रह समेत गरेको हो ।
सबै सञ्चार गृहलाई आग्रह गर्दछ ।
सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्वाध
समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गर्दै उसले संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण
पत्रकारहरूलाई सचेत समेत गराएको हो ।
हाल रोकिएको फोनिज जिल्ला शाखाहरुको साधारणसभा परिस्थिति अनुकुल बनेलगतै आयोजना गर्ने निर्णय गर्दै फोनिजले विश्वका विभिन्न देशमा कोरोना भाइरसबाट संक्रमित भइ ज्यान गुमाएका नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित नेपालीहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सन्चार गृहलाई विशेष प्याकेज माग्दै फोनिज" A few seconds ago

सम्बन्धित खवर