निभाउन नजानेको सम्बन्ध: – Satabdi News

निभाउन नजानेको सम्बन्ध:

लक्ष्मी राना मगर

संसारमा त्यस्तो कुनै भोजन हुन्छ, जसको स्वाद नै नलिकन पनि स्वाद हुन्छ सम्बन्धको, चाहे प्रेमको होस् या त मित्रताको, जुन शक्तिको युद्ध गर्नैपर्छ । त्यस्तै कुनै यस्तो भाव छन् । जो म सङ्ग जसलाई शेयर गर्ने माध्यम शताब्दी न्युजलाई दिएको छु, कति कोर्नु देशको लागी, बस आज बहकाइदिए शब्दहरु, साथीहरु स्कुल कलेज देखि नै भन्थे “बडो साहित्यिक मन छ तेरो, जहाँ जसरी पनि फुराइहाल्छस् !”

अविरल सम्झना अनि धेरै धेरै माया ! अनि म जहाँ जस्तो रहु सारा जिबनको लागि सफलताको शुभकामना । खासमा तिमीलाई धेरै छन् भन्नलाइ बाकी सोच्दैछु, सुरुवात चाहिँ कुन शब्दबाट गरुँ ! तर गर्नै पर्छ ! प्रिय मान्छे, यदि समय मेरो हातमा भैदिएको भए म सधै मेरो आत्मीयताको बन्धनले बाधी राख्थे होला तर कहाँ म त्यति शाक्तिशाली हुनु न त भगवान् नै परे बस दुई शब्द आफ्नै मन सङ्ग सापटी लिएर शब्दहरू सङ्ग खेल्दैछु, स्वीकार है ? प्रत्येक गोधुलीले रंगिन प्रभातको आमन्त्रण गरे जस्तै सुनौलो लालीगुराँसको मुस्कानले छिचोलिएको किरणमा व्यतीत छु । तिमीले दिएको भरोसा संग, तर खै मैले नै कसैलाई बिश्वास गर्न सकिन कि जसले मेरा सप्तरङ्गी सपनाहरूलाई फुलका गुच्छाहरु झैं हृदय भरी सजाएर राख्न बाध्य भएकी छु । मलाई थाहा थियो, यो दुनियाँ स्वार्थी छ, अबुझ त म नै रहेछु किनभने छ्ल्न खोज्ने मनलाई पनि सम्हालेर राख्न खोजे, सायद मैले निभाउनै जानिन ती सम्बन्धलाई, तिमी सम्हाल्दै जान्थ्यौ, म भत्काउदै जान्थे किन कि मलाई लाग्थ्यो पूरा नहुने सपना म किन देखु ? तर होइन रहेछ सानू, म तिम्रो लागि प्रफेक्ट हुनै खोजिन, र त मनमा गुनासोहरु अल्झी रहन्छन् “म किन जिद्दी बने ?” ती सुन्दर सपनाको महलहरुलाई भत्काउने उदेश्य कदापि छैन मेरो अब बस साथ देउ मुस्कुराएर बाचिदिन्छु म, बिना हिचकिचाहट । थाहा छैन यो यात्रा कहाँ पुगेर अन्त हुन्छ ।

जिन्दगी सुख-दुख रहेछ मैले पनि यी सम्पुर्ण अवस्था पार गरे रहेको छु ।  कतै हासेर त कतै दुख र आँसु लुकाएर बस फरक यति मात्र रहेछ, सुखको क्षण अविस्मरणीय र दुखको क्षण भुल्न नसकिने । तिमी सुन्छौ भने म सङ्ग सुख भन्दा दुख धेरै छन् । यिनै दुख-सुख सङ्ग मैले प्रीत साटेको छु, सायद यसैले ती मीठो सम्बन्धलाई खुसी साथ निभाउन सकिन । मैले भन्थे नि “जानू, मलाई खुल्ला आकाशमा उड्न मन छ मलाई कहिल्यै बन्धनमा नबाध है ?” तर के थाहा मलाई तिम्रो माया कालो कोठरी भन्दा कडा फुत्कनै नसक्ने बन्धन रहेछ भन्ने । यसैले घुर्काउदै रिसाउदै बदलाब ल्याइ राखे सम्बन्धमा, मैले यो जानिन सम्बन्धमा कसरी मिठास ल्याउने साच्ची मलाई आउदै आएन । मैले पनि देखेकी छु त्यो सपना जहाँ पूरा होस् या नहोस् तर सपना देख्ने अधिकार त छ नि होइन ? सुन ! मेरो पनि सपन छ, जति बाचिएला मुस्कुराएर बाचु, सुखले हासु, तिम्रो साथमा नाचु जिन्दगी खुब रमाइलो गरेर कटौला नि दुई दिन त हो, खुसी खुसी रहुला नि साथ साथ होइन ! तर अपसोच कहाँ सबै इच्छा सबैले देखेको सपनामा पूरा हुन्छ र ? अलि अलि त रुन र दुखी हुन पनि त चाहियो नि होइन ? खास ! मैले सम्हाल्न जाने ती सपनाहरु अनि ती सुन्दर साथहरु कहाँ यसरी दुखी हुने दिन आउथ्यो र !

यो मौसम, यो पूरा गर्न सक्ने सपनाहरू सोच्दा पनि मन फुरुङ्ग हुन्छ, तिमीले चाहे जति खुसी तिम्रो पोल्टाभरि सजाएर राखिदिन पाए पनि मनले आटेको सबै पूरा हुन्थ्यो होला हगि ? म त खुसिले फुरुङ्ग हुँदै उड्थे होला जसरी आकाशमा उड्न चाहे । यो बेमौसमी समय अनि तिमीले सिकाएको पाठलाई दिल भरी सजाएर भन्न मन छ ” जति रहुला खुसी रहुला, अभाव केहिको पनि नहोला, अलि कति दुख अलि कति सुख अनि पोल्टाभरीको साथ र माया बस अरु केही चाहिएन, मैले निभाउन नजानेको सम्बन्धका गाथाहरुमा तिम्रो आशा र भरोसाका फुलहरुले भरिदिने आशा राख्दछु । गाली गरेर भरिदेउ या त ताली दिएर बस सुन्दर सपना सजाउनु छ साथ भए पनि नभए पनि खुसी खुसी ।

यति खेर तिम्रो लागि दुई शब्द आफ्नै दिल देखि सापट लिए मैले फेरी “प्रिय तिमी सङ्ग म झुट्टा कसम खादिन कि दुश्मनी समय आउने छैनन्, यो पनि भन्दिन म जुनि जुनि तिम्रो साथ रहने छु अह गर्दिन म बाचा तिमी सङ्ग मैले नदेखेको भोलिको त्यो अन्धकार भबिस्य अनि सुखमय साथ, तर म निश्चित छु म जति रहन्छु जहिले सम्म रहनेछु तिम्री रहनेछु -I promise you तिम्रो हर संकटमा तिम्रो साथ रहनेछु ” । माफ गर मलाई मैले झुठो कसम खान जानिन अनि माफ गर मलाई मैले तिमीले चाहेको झैं सम्बन्धलाई सुन्दर बनाउन जानिन तर खुसी छु, मैले जीवनमा तिमी जस्तो माया गर्ने मान्छे जो पाए , मुस्कुराउने छ मेरो हर दुख तिम्रो साथमा अनि खुसिले उफ्रनेछ जिन्दगीका सप्तरङ्गी पलहरु जहाँ निभाउन नसकेको सम्बन्धमा आशाका किरण झुल्कने बिश्वासमा । धन्यवाद तिमीलाई यो खडुसवाली प्यारीलाई सम्हाली दिएकोमा आशा छ जुनि जुनि सम्हाल्नु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "निभाउन नजानेको सम्बन्ध:" A few seconds ago

सम्बन्धित खवर