अरुणबासीलाई उद्धार गर्न नेकपाको माग – Satabdi News

अरुणबासीलाई उद्धार गर्न नेकपाको माग

भोजपुर । लकडाउनका कारण विभिन्न स्थानमा बिचल्ली परेका गाउँपालिकावासीलाई उद्धार गर्न नेकपा अरुण गाउँपालिकाले माग गरेको छ ।
नेकपा अरुण गाउँपालिका कमिटिले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय सरकार समक्ष सो माग गरेको हो । नेकपा अरुण गाउँपालिका कमिटिका अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरेद्वारा जारी विज्ञप्तीमा लकडाउनका कारण अरुणवासीहरु विभिन्न ठाउमा भोक र शोकले विचल्ली परेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेपालको विभिन्न ठाउँमा बिचल्ली परेका अरुण गाउँपालिकाबासी दिदिबहिनि, दाजुभाईलाई तत्काल उद्धार गरि सम्भव भए सम्म आफ्नो घर फर्काउन त्यो नभए अर्काे व्यवस्था नभएसम्म सम्बन्धितको पहिचान गरि राहत उपलब्ध गराउने व्यवस्था मिलाउन विज्ञप्ती मार्फत स्थानिय सरकार अरुण गाउँपालिका सँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अरुणबासीलाई उद्धार गर्न नेकपाको माग" A few seconds ago

सम्बन्धित खवर