जुम प्रबिधीको प्रयोगमा नेपाल ल का विद्यार्थी नेताहरुले गरे निर्णायक निर्णय – Satabdi News

जुम प्रबिधीको प्रयोगमा नेपाल ल का विद्यार्थी नेताहरुले गरे निर्णायक निर्णय

बैशाख १२, काठमाडौ । नेपाल ल क्याम्पसका क्रियाशील विद्यार्थी संगठनहरुका विद्यार्थी नेताहरुले जुम प्राविधिको प्रयोगमा पठनपाठन र राहतको बिषयमा निर्णायक निर्णय भएको छ । बैठकमा सबिफो नेपाल अध्यक्ष अशोक राई, अनेरास्ववियु अध्यक्ष हरि पंगेनी, नेबि अध्यक्ष सुरज सुजुवाल, क्रातिकारी अध्यक्ष प्रदीप कार्की, राप्रबि अध्यक्ष नेल्सन घलान र सचिब प्रदिप भण्डारी बीच बैठक बसेको कुरा समाजबादीको विद्यार्थी नेता अशोक राईले शताब्दी न्युजलाई बताए ।

लकडाउन अझ कत्ती महिना थपिने कुनै यकिन नभएकोले नेपालका विभिन्न जिल्लाहरूबाट नेपाल ल क्याम्पसमा अध्ययन गर्न काठमाडौंमा आई बहालमा बस्ने विद्यार्थीहरुले भोग्नु परेका समस्याहरु र विद्यार्थीहरुको शैक्षिक बाताबरण कसरी तयार गर्न सकिन्छ भन्ने  चिन्ताको बिषयलाई समाधान गर्न बैठक बस्नु परेको बताए अशोक राईले बताए । जुन निर्णयहरु यस्तो छ्न ;

१. नेपालका विभिन्न जिल्लाहरुबाट कानुन पढ्ने उद्देश्यका साथ काठमाडौं उपत्यकामा बहालमा बस्ने विद्यार्थी साथीहरूले भोग्नु परेका समस्या समाधान गर्न यथोचित मापदण्ड बनाई र उद्धार गर्नु पर्ने विद्यार्थीको सहि पहिचान गरि तत्काल न्युमतम् राहतको ब्यवस्था गर्न पर्ने

२. बन्दाबन्दीका कारण लामो समय देखि पठन पाठान ठप्प रहेको र बन्दाबदीको समयावधि यकिन गर्न नसकिने हुदा प्राविधिको उच्चतम प्रयोग गर्दै तत्काल ( Distance Learning) को नीति लागू गर्नु पर्ने ।

जुम प्रबिधिको प्रयोगमा बैठक बस्ने परिकल्पनाकार नेबि संघको अध्यक्ष सुरज सेजुवाल रहेको हुनाले बैठकको अन्त्यमा सबै विद्यार्थी संगठनका विद्यार्थी नेताहरुले धन्यवाद दिएका थिए । जुम प्रबिधिको बैठकमा छुटनु भएका अन्य कृयाशील विद्यार्थी संगठनहरुका नेताहरुलाई जोड्ने पहल भएका विद्यार्थी नेता सुरज सेजुवालले शताब्दी न्युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जुम प्रबिधीको प्रयोगमा नेपाल ल का विद्यार्थी ने..." A few seconds ago

सम्बन्धित खवर