बेलबारी नगरपालिकाले १३ गते काठमाडौबाट बेलबारी ल्याउदै – Satabdi News

बेलबारी नगरपालिकाले १३ गते काठमाडौबाट बेलबारी ल्याउदै

बैशाख १२, बेलबारी । लक डाउनको प्रभाबले काठमाडौ उपत्यकामा रहन बाध्य भएका बेलबारीबासीको लागी बेलबारी नगरपालिकाले आफनो घरसम्म ल्याउनको लागी बस संचालन गर्ने भएका छन् । काठमाडौमा विशेष गरि पढ्न गएका विद्यार्थीहरु, ज्याला मजदुरी गरि जीबिकोपार्जन गर्ने मानिसहरु र अलपत्र परेका बेलबारी नागरिकहरुको उद्दारको लागी १ दिनको लागी बस संचालन गर्न लागेको कुरा बेलबारी नगरपालिका प्रबक्ता योगेन्द्र सुबेदीले शताब्दी न्युजलाई बताए ।

सुबेदीले बेलबारीवाट ४ वटा डिलक्स बसको ब्यबस्था गरिएको बताउनु भएको छ । ना. ८ ख. ८५०१ कलश डिलक्स, ना. ८ ख. ८१५६ कलश डिलक्स, १-०२-००१ ख ८१२१ बिहानी डिलक्स र ०३-००१ ख १९८ बिहानी डिलक्स बसको जुन सुकै बसमा चडेर बेलबारी आउन सकिने बताए । बस सम्पर्कको लागी बद्री राज बंशी ९८४१३१३५७१ र हिरा थापा मगर ९८५१०००४६१ बस समन्वयकता जो कोहिलाई सम्पर्क गर्न सकिने बताए । टिपोर्ट गरिएका सम्पुर्ण यात्रुहरुलाई बैशाख १३ गते शनिबार कोटेश्वरबाट साझ ५ बजे बाट बेलबारी पठाईने कुरा बस समन्वयकर्ता हिरा थापा मगरले बताए ।

अहिले सम्म २०० जनाको नाम संकलन भैसकेको हुनाले बाकी थप कति यात्रु हुन्छ भन्ने थाहा नभएको मगरले बताए । यात्रुहरु बेलबारी नगरपालिकाका नागरिक मात्र आउन पाउनेछ । सबै यात्रुहरुले बेलबारी सम्मको लागी प्रतिब्यक्ती रु.१४०० बस भाडा लाग्ने प्रबक्ता सुबेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाले १३ गते काठमाडौबाट बेलबारी ल..." A few seconds ago

सम्बन्धित खवर