कविता "आमाको विश्वविद्यालय बाट" – Satabdi News

कविता “आमाको विश्वविद्यालय बाट”

बिमन किराती

परदेश हिड्न लागेका
सन्तानलाई।
ढोकासँगै संघारमा राखेको
साइतको अम्खोराबाट :
अर्चिदिदै पानी शिर तिर ।
आकास तीर ।
बलेसीमा पढाउनु हुन्छ आमा यसरी ;
घर भन्दा पर जादैछौ ।                                 पराईको देसमा।
बनेर देशको कर्मी माहूरी।
हिड्नु पर्ने छ तिमीले
भिरै भिरको बाटो
तिरै तिरको बाटो
पुग्ने छौ तर्नै पर्ने अनकन्टार जँघारमा
त्यस्तो बेला सिमेभुमे मन्साउदै अघि बढि रहनु
भावनामा भावुक नहूनु काम छैन ।
बरू
आफ्नै देशको कोहि भेटि हाले बोल्नु हॉसेर।
परे सहयोग गर्नु खुलेर ।
पापी मन बोकेर पाप नचिताउनू,
कुकर्म नगर्नू कसै गरी
बाटो छेक्ने छ समयले कुनै दिन
गौडामा एक्लै पारेर ।

आफ्नो देशको शिर निहूरीने गरी
पराईसगँ सौदा बाजी नगर्नू ।
नचुकाउनू स्वाभिमानको मुल्य।
बरू
पढाउनु ईमान्दारीताको केहि पाठ
देखाउनू क्षमताको नयाँ सुत्रहरू ।

यात्रा देखि यात्रा सम्म हो ज़िन्दगी
भ्रम र अहम टुक्र्याएर जिन्दगीको पदयात्रामा
नभुल्नू कर्तव्यका झोलाहरू भिर्न….।

सन्चो बिसन्चो
या
खायौ खाएनौ ?
कसैले नसोध्न सक्छन् ।
मतलब बिनाका मान्छेको भिडभाडमा
बेमतलब ठोकिन सक्छौ मान्छेसँग
चित्त नदुखाउनु साना तिना उल्झनहरूमा
हिम्मतहरू पिएर
हुर्किएका कर्मठि भएर जिउने छौ
संघर्ष हो जिवन को अर्को नाम ।

आत्मविश्वास गरेर
अतिरिक्त कार्यभार सम्झाउन चाहन्छु
राख्नु खिलेर जिन्दगीको गोजी भित्र,

हाम्रो मौनताको मत लगेर
हाम्रै ईमानदारीतालाई
विभत्स टुक्र्याउनेहरू
शासक भएर
हामीलाई शोषण गरिरहेछन्
ती कुल्सित आत्महरूलाई
कठघरामा उभ्याएर
सोध्नु छ तिमीले ईतिहासको यक्ष प्रश्नहरू….
त्यसैले;
सकेनौ भने योग्यताको बहाना खियाउन
निन्याउरो मुख लाउनु पहिल्यै
फर्कि आउनु आफ्नो गुड सम्झेर
माँझ किरातको माँझमा
तिम्रै पृतिपुर्खाले
आफ्नै पौखर पाखुरीले
आर्जेको देश छ,

छ सुरक्षित तिन चुला ।

( हाल; किराती जापानमा हुनु हुन्छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता “आमाको विश्वविद्यालय बाट”" A few seconds ago

सम्बन्धित खवर