हे मेरो सहिद !
तिमि व्यर्थ मर्यौ
न तिम्रो नाम लिने छन् यहाँ
न तिम्रो बलिदान सम्झने जमात छन् यहाँ
हे सहिद !
तिमि व्यर्थ मार्यौ
तिमि समानताको लागि लड्छु भन्थ्यौ,
सारा नेपालीको नया बिहानीको लागि मर्छु भन्थौ,
तिमि लोकतन्त्रको लागि गोलि थापछु भन्थयौ,
मेरो नेता लाई बचाएर मर्छु भन्थयौ
हे मेरो सहिद !!
खै के पायौ र ?
तिम्रो टुहुरो छोरो अरब को खाडी मा छ
तिम्रो परिवार खोलाको मिस्स गिड्डी र बलुवा चालाईमा छ
खै तिम्रो लोकतन्त्र र ?
तिम्रो नेताहरु तिम्रो बलिदानको कदर गर्न चाहँदैन
तिम्रो बलिदानको दिन अरु लाई सम्झाउन चाहँदैन
हजारौ सहिदको बलिदान पछि प्राप्त लोकतन्त्र को दिन
सार्बजनिक बिदा दिई १ मिनेट मौन धारण गरि सम्मान दिन पनि चाहँदैन ।
ए मेरो सहिद , तिमि व्यर्थ मर्यौ !!!
२०७७ बैशाख ११ गते ९ (लोकतन्त्र दिवस समर्पित )