राजपा र समाजवादीबिच एकता, नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ – Satabdi News

राजपा र समाजवादीबिच एकता, नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’

काठमाडौं । अन्ततः समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी्बिच एकता भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ ।
पार्टीको झन्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयतकार आकारमा रातो र हरियो रंगको बिचमा तारा हुनेछ ।
चुनाव चिन्ह छाता हुनेछ । अन्य कुरा अहिले खुलाइएको छैन ।

एकता पत्रमा राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।
समाजवादीबाट डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
देशमा पहिचानसहितको संघीयता, समृद्धि र सुशासन स्थापनका लागि विचार मिल्ने पार्टीहरुबिच एकता भएको भनिएको छ । समाजवादी पार्टीबाट रेणु यादव समूहले पार्टी फुटाएर लाने तयारी गरिरहेकै बेला राजपासँग एकता गरिएको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राजपा र समाजवादीबिच एकता, नयाँ पार्टीको नाम ‘जन..." A few seconds ago

सम्बन्धित खवर