पार्टी फुटाउन पूर्व राज्यमन्त्रीको अपहरण – Satabdi News

पार्टी फुटाउन पूर्व राज्यमन्त्रीको अपहरण

काठमाडौं । समाजवादी पार्टी फुटाउन पूर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवको अपहरण भएको छ ।

समाजवादी पार्टी स्रोतका अनुसार पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई जनकपुरबाट अपहरण गरि सिन्धुली पुर्याइएको छ ।

उनलाई बिपी राजमार्ग हुँदै काठमाडौं लैजान लागिएको हो । पार्टी उच्च स्रोतका अनुसार यादवलाई समाजवादी पार्टी फुटाउन उद्धत समूहले जबरजस्ती हस्ताक्षर गराउन अपहरण गराएको बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार सरकारको उच्च संयन्त्रले नै प्रहरी परिचालन गरेर यादवको अपहरण गरेको बताइएको छ । सरकारी प्रयासमा नै समाजवादी पार्टी फुटाउन खोजिएको र सो का निम्ति यादवलाई अपहरण गरिएको समाचार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पार्टी फुटाउन पूर्व राज्यमन्त्रीको अपहरण" A few seconds ago

सम्बन्धित खवर