कविता "हे वीर नेपाली" – Satabdi News

कविता “हे वीर नेपाली”

 

 

 

 

 

 

 

 

म वीर गोर्खालि
म वीर नेपाली।

म लुकेर खाने
म झुकेर नखाने
म डुलेर खाने
म भुलेर नखाने
म सन्सार का कुरा लेख्ने
म आफ्नै घर भित्रको समस्या नदेख्ने
म वीर गोर्खाली
म वीर नेपाली ।

म आफु दुख नगर्ने
म दुख गर्ने हरुबाट लिएर खाने
म करोडौ लुट्न
म लाख दान दिएर खाने
म देस बिदेस पनि हिन्ने
म पैसा दिएर सम्मान लिने
म वीर गोर्खाली
म वीर नेपाली ।

म आफु सिन्को नभाच्ने
म सधै अरुबाट भिक मागेर खाने
म आफना जवानलाई अरुको भतुवा बनाउने
म उनिहरुले दुख गरेर अरुको सेबा गर्न पठाएको सम्पत्ति खाने
म अरुबाट डिकुटिमा जम्मा गराउने
म अनि बसि बसि खाने
म वीर गोर्खाली
म वीर नेपाली ।

म अरु लाई थर्काउने
म घुस पनि खान सक्ने
म घुस खुवाउन सक्ने
म काम नगरि कुर्सी मा घुम्दै बस्ने
म अरु को वास्ता नगर्ने
म आफ्नै मात्र भुँडी फुटाउने
म वीर गोर्खाली
म वीर नेपाली ।

म धन धे रै भएको
म पावर पनि भएको
म घर भित्र कसै सङ्ग न डराउने
म छिमे कि सङ्ग घुडा टेक्ने
म अरु लाई कुरि कुरि भन्ने
म आफ्नु कट्टु खुस्किएको नदेख्ने
म वीर नेपाली
म वीर गोर्खाली ।

बेलबारी मोरङ्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता “हे वीर नेपाली”" A few seconds ago

सम्बन्धित खवर