मन्त्री ज्यु ? डा. पुनलाई कार्बाही गर्नु भनेको चिकित्सकहरुको मनोबल कमजोर पार्नु हो; अशोक राई – Satabdi News

मन्त्री ज्यु ? डा. पुनलाई कार्बाही गर्नु भनेको चिकित्सकहरुको मनोबल कमजोर पार्नु हो; अशोक राई

अशोक राई

स्वास्थ मन्त्री भानुभक्त ढकाललाई खुला पत्र

सेवा
माननीय स्वस्थ्य तथा जनसंख्या मन्त्री
भानुभक्त ढकाल ज्यु

१ महिना बित्न नपाउदै फेरि दोस्रो खुला पत्र मैले तपाईंको लागी लेख्दैछु । नलेखुम, मौन बसुम, समाचार र संचार माध्यममा पढेको र हेरेको कुरा, नपढे र नदेखे जस्तै गरी चुप बसम भने । तर पक्टकै सकिन । फेरि यसरी बस्न मेरो मन मान्दै मानेन । मेरो मस्तिष्कले मलाई बारम्बार यहि भनिरहयो भनिरहयो भनिरहयो ….मैले बोल्ने पर्छ, मैले लेख्नै पर्छ । अन्तत मैले त्यही गरे, लेखे तपाईको लागी पत्र ।

मन्त्री ज्यु
बिश्वमा फैलिएको महामारी कोभिड १९ अर्थात कोरोना भाईरसको त्रास नेपाली जनतामा देखिएको कुरा घाम झै छलङ्ग नै छ । महामारीलाई नियन्त्रण गर्न र यसलाई फ़ैलिन नदिनको लागी सबै जनताहरु क्वारेन्टाइनमा बसेका छन । कोरोना भाईरसबाट बच्नको लागी रेडियो, टेलिभिजन, पत्र पत्रिका, अनलाइन पत्रिका तथा दुरसचारहरुले जनचेतना दिईराखेका छन । अनावश्यक बाहिर निस्कन नदिनको प्रहरी दिनदिन रात खटिराखेका छन । रोगसंगको संक्रमणको युद्धमा चिकित्सकहरु मैदानमा उत्रिएका छन । तर पनि नियन्त्रण अझै हुन सकेको छैन ।

मन्त्री ज्यु
डाक्टरको काम बिरामी हेरेर औषधिको प्रेस्किप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस भनेर जनतालाई सचेत गराउनु उसको भुमिका हो, दायित्व हो र उसको कर्तव्य हो । त्यो भन्दा ठुलो मानवीय धर्म पनि हो । तर आज, त्यही डाक्टरले रोग नै नलागोस भनेर जनतालाई सचेत गराउदै मानवीय धर्म निर्बाह गर्ने डाक्टरलाई कारबाही हुनु पर्ने यो कस्तो कानुन हो ? मन्त्री ज्यु ? बिना अपराध कुनै ब्यक्तिको रोजगारी हक खोस्न कुन संबिधानले दिएको छ ? कानुन भन्दा ब्यक्ति सर्बश्रेष्ठ भनेर कुन संबिधानको कुन धारामा लेखिएको छ ?

मन्त्री ज्यु
कारबाही हुनै पर्छ । जसले रोगको अफवाह फैलाएको छ, भ्रम सिर्जना गरेको छ । कोरोना भाईरस आफैमा निर्जीव बस्तु हो । तातोपानीले हात धुन्दा वोसिलो पर्दाथ पग्लने र भाईरस खतम हुने हुन्छ । मुख पछि आखाबाट चाडो सर्ने भएकोले मास्क भन्दा माथी चस्मा अनिवार्य लगानु पर्छ भन्न सिकाउने सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलिका सल्लाहकारहरुलाई ? सम्मानीय प्रधानमन्त्री ज्युलाई ? डा अनुप सुबेदी भन्नु हुन्छ; “भाईरस आफैमा प्राणी हो, जुन बाहिरी बाताबरणमा धेरै वाच्न सक्दैन र नंया भाईरस पैदा गर्न पनि सक्दैन । किन कि यो भाईरस परजीवी हो । ” नाक, मुख र आखा कहाँबाट चाडो भाईरसहरु सर्छ त्यो अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको छैन डा. सुबेदी भन्छ्न ।

मन्त्री ज्यु
भन्नु होस सम्मानीय प्रधानमन्त्री जस्तो पदमा बसेको सम्मानित ब्यक्तिले पुष्टि नभएका बिषयलाई कोरोना रोकथामको टिप्स भन्दै भिडियो कन्फरेसमा बोल्नु कत्तिको सान्दर्भिकता होला ? प्रधानमन्त्री ज्युले पुष्टि नभएको कुराहरु बोल्दा उहाँलाई पनि कार्बाही हुन्छ ? कि डा अनुप सुबेदीलाई ? अहिलेको सरकार डा. डम्बर चेम्जोङले भने जस्तै आफै अनुहार ऎनामा हेर्दा हामी मुखले माक्सबादी हौं, चित्त र चिन्तनले सामन्तबादी हौं र जीबनशैली पुजीबादी हौं, भनेर प्रमाणित गरेको छ ।

मन्त्री ज्यु
आज ३ करोड नेपाली जनताले बुझ्न चाहेका छ्न के कारणले डा. शेरबहादुर पुनलाई कारबाही गरिएको हो ? पीपीई, किट जस्ता औषधि उपकरणको भष्टाचार काण्डमा मुछिएका मन्त्री आफैमा अयोग्य र असक्षम मन्त्री हुन भन्ने थाहा नै थियो । फेरि अर्को काम गराईको हर्कतले प्रमाणित गरिसकेको छ, माननीय ढकाल एउटा असक्षम, अयोग्य मन्त्री हुन भनेर ।

याद रहोस मन्त्री ज्यु
महामारीको समयमा डा.पुनलाई कार्बाही गर्नु भनेको चिकित्सकहरुको मनोबल गिराउनु हो । कर्मचारीहरुको सेवामाथि भएको अतिक्रमण गर्नु हो । संक्रमण रोगको बिज्ञ वा अभिभावक गुमाउनु हो । देशलाई खाडल तिर निम्ताउनु हो । बिदेशमा पिएडी गरेका पुनले आफै स्वदेशको लागी केहि गर्छु भनेर बिगत १८ बर्षदेखी लामो समय सम्म करारमा काम गर्न सोचको महान ब्यक्ति हुन । डा. पुन डाक्टर मात्र होइनन् उनी संक्रमण रोगको विज्ञ पनि हुन । जति खेर नेपालमा महामारीको रुपमा फैलिएको रोगहरु स्वाइनफ्लु, कालाजार, झाडा पखला, जापानिज इन्सेफ्लाईटिस, जन्डिस, मलेरिना डेगु जस्ता विरुद्ध सामना गर्दै ३ करोड नेपालीको ज्यान बचाउने डा. शेर बहादुर पुन हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मन्त्री ज्यु ? डा. पुनलाई कार्बाही गर्नु भनेको ..." A few seconds ago

सम्बन्धित खवर