धिमाल ग्रामथान भित्रको रुख गैरकानुनी रुपमा ढालियो, वनमाफियालाई कडा कार्वाहिको माग – Satabdi News

धिमाल ग्रामथान भित्रको रुख गैरकानुनी रुपमा ढालियो, वनमाफियालाई कडा कार्वाहिको माग

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित धिमाल जातीय विकास केन्द्र, पथरी ग्रामथान भित्र शुक्रबार दिउँसै गैरकानूनी रुपमा तीन वटा रुख ढालिएको छ ।
दिउँसो करिब २ बजे तिर एक व्यक्तिहरुको समुहले रुख ढालेको स्थानियले बताएका छन् । दुई वटा रुख ढाली सकेपछि तेस्रो रुख ढाल्दै गर्दा सेक्टर वन कार्यालय, पथरी र सेक्टर वन कार्यालय, उर्लाबारी, मंगलबारेको वन रक्षक टोली त्यहाँ पुगेका थिए । सेक्टर वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले रुख ढाल्ने पारस बुढाथोकी, शंकर लिम्बूको पहिचान भइसकेको बताउनुभयो । उनीहरु पथरी आसपासमा काम गर्ने लेबरहरु बुझिएको छ । कर्मचारी त्यहाँ पुग्दा अभियुक्तहरु फरार भएको अलाउदिनले बताउनुभयो । यो घटना बुझ्दा आफै काटेका हुन की काट्न लगाइएको हो अहिले सम्म थाहा हुन सकेको छैन । संस्थाका सम्बन्धित व्यक्ति धिमाल जातीय विकास केन्द्र, पथरी गाउँटोल समितिका अध्यक्ष गोविन्द धिमालले यस विषयमा आफुलाई केही थाहा नभएको जानकारी दिनुभयो । त्यस्तै धिमाल जातीय विकास केन्द्र, पथरी नगर समितिका अध्यक्ष साजन धिमालसंग सम्पर्क गर्दा उहाँलाई पनि थाहा नभएको जानकरी दिनुभयो । यसैबिच धिमाल जातिय विकास केन्द्रका महासचिव केदार धिमालले यस कार्यमा संलग्नहरुको पहिचान गरि हदै सम्मको कार्बाहि गरिनु पर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल ग्रामथान भित्रको रुख गैरकानुनी रुपमा ढालि..." A few seconds ago

सम्बन्धित खवर