समाजबादी पार्टीले श्रमिक तथा सर्बहारा बर्गको पक्षमा काम नगरेको भन्दै प्रेस बिज्ञप्ती जारी – Satabdi News

समाजबादी पार्टीले श्रमिक तथा सर्बहारा बर्गको पक्षमा काम नगरेको भन्दै प्रेस बिज्ञप्ती जारी

बैशाख ५, बेलबारी । यतिखेर देशमा महामारीको रुपमा फैलिएको कोरोनाको कारण सबै जनताहरु त्रसित भएका छन । सरकारले लकडाउन गरेको महिनौं दिन हुन लागेको छ । देशको विभिन्न भागहरुमा काठमाडौमा आएर श्रम गरिरहेका गरिब श्रमिकहरु, विद्यार्थीहरु साना तिना ब्यबसाय गरी डेरामा बस्नेहरु घरेलु कामदार लगायतका मानिसहरु लक डाउनले गर्दा दैनिक जीबिका चलाउन नसकेर काठमाडौ तथा शहर छाडी आफनो घर तर्फ जान लागेको जनतालाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल देखिएको छ ।

घर जान चाहने वा पैदल यात्रा गर्दै बाटोमा बिचल्लीमा परेकालाई सरकारले उद्दार गरी गृह वा गृह जिल्ला सम्म जानको लागी आवस्यक व्यवस्था यथाशीघ्र गरिनु पर्छ भन्ने धारणा समाजबादी पार्टीको अध्यक्ष उपेन्द्र यादबले आफ्नो विचार प्रेस बिज्ञप्ति मार्फत राख्नु भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजबादी पार्टीले श्रमिक तथा सर्बहारा बर्गको पक..." A few seconds ago

सम्बन्धित खवर