३ जना चिकित्सकमाथि कुटपिट प्रती राष्ट्रिय आवासीय संघको ध्यानाकर्षण – Satabdi News

३ जना चिकित्सकमाथि कुटपिट प्रती राष्ट्रिय आवासीय संघको ध्यानाकर्षण

बैशाख ४, काठमाडौ । तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा राष्ट्रिय आवासीय चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

काठमाण्डाैकाे महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा सङ्घले आपत्ति जनाएको हो ।

राष्ट्रिय आवासीय चिकित्सक संघले ती डाक्टरले परिचय पत्र देखाएको र आफूहरु अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरीले लाठीचार्जसँगै गाली गरेको भन्दै ती प्रहरीलाई कारबाहीकाे माग गरेको छ । उनीहरुलाई कारबाहीकाे दायरामा नल्याए कडा कदम चाल्न बाध्य हुने पनि संघले जनाएको छ ।

यसैबीच महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले डाक्टर कुटिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "३ जना चिकित्सकमाथि कुटपिट प्रती राष्ट्रिय आवासी..." A few seconds ago

सम्बन्धित खवर