बैशाख ३ कैलाली । बाख्रा चराइरहेकी १५ वर्षीया बालिकालाई वैशाख २ गते साँझ डरत्रास देखाई तीनजनाले बलात्कार गरेकाे कैलालीका प्रहरीले बताएकाे छ ।
बालिका बलात्कार आराेपमा जोशीपुर गाउँपालिका-४, लालपुर वाणीका रामकुमार चौधरी (२९), सोही ठाउँका मंगल चौधरी (२२) र सुरेशकुमार चौधरी (३१) लाई घटनास्थल बाटै नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।बस्नेतको अनुसार कैलाली जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेकाे बताएको छ ।