बेलायतको प्रधानमन्त्री जोनसन कोरोनाको उपचार पछि घर फिर्ता – Satabdi News

बेलायतको प्रधानमन्त्री जोनसन कोरोनाको उपचार पछि घर फिर्ता

बैशाख १, काठमाडौं ।  बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा फिर्ता भएका छन् । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताले यस्तो जानकारी दिएका हुन् । अस्पतालमा भर्ना भएपछि उनलाई ३ दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो । अब उनले केही दिन आराम गर्नेछन् । त्यसपछिमात्र काममा फर्किनेछन् ।

प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि सरकारी निवासमा फर्किएको बीबीसीले पुष्टि गरेको छ । करिब २ सात पहिले कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्त बसेर उपचार गराएका थिए । तर निको नभएपछि उनका चिकित्सकहरूको सल्लाहमा १ साता पहिले उनी अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलायतको प्रधानमन्त्री जोनसन कोरोनाको उपचार पछि..." A few seconds ago

सम्बन्धित खवर