सरकारको निर्णय कत्तिको परिपक्वता वा अपरिपक्वता ? – Satabdi News

सरकारको निर्णय कत्तिको परिपक्वता वा अपरिपक्वता ?


 अशोक राई

यतिखेर बिश्वमा फैलिएको महामारी रोग कोरोना भाईरसबाट नेपाल अछुत रहन नसकेको कुरा हामी सबैलाई जगजाहेर नै छ । नेपाल सरकारले महामारी रोगलाई नियन्त्रणको लागी सबैलाई क्वारेन्टाइन मै रहनको लागी लकडाउन गर्‍यो । जुन निर्णय स्वागतयोग्य थियो । सरकारले गरेको लकडाउन आज १७ औं दिन भएको छ ।

सरकार
राजधानीमा लकडाउनको असरबाट विशेष गरि श्रमिक तथा मजदुरहरुलाई भनेर खाद्यान्न बितरण गर्ने निर्णय गरियो । तर खाद्यान्न लिने ५ तोला सुनको सिक्क्री भएको, आईफोन भएको ब्यक्तिहरु आएको समाचारले अचम्मित बनाईएको थियो । आजै अचम्मित कुरा त काठमाडौ महानगरपालिकाको मेयरले काठमाडौमा खाद्यान्न बितरण घरवालालाई दिने हो डेरावाललाई होइन भन्ने भनाईको समचारले बनाएको थियो ।
अझै “काठमाडौमा भोकले मर्नु भन्दा बौलाउनु निको” भन्दै हिजो मात्र राजधानी छोडेर संयौंको संख्यामा घर हिड्दै गरेको समाचार र भिडियोले हामी सबैलाई मर्मस्पर्शी बनाएको बनायो । सरकारले त्यो समाचारलाई कसरी हेरेको छ ? के राती राती हिड्दै घर जानु उनीहरुको बाध्यता हो कि रहर ? के त्यस बिषयमा सरकारले अनुसन्धान गर्नु पर्छ कि पर्देन ?

सरकार
नेपालको सन्दर्भमा कोरोनालाई नियन्त्रण गर्नको लागी सबै भन्दा उचित उपाय भनेको नै लकडाउन हो, जुन कुरालाई नकार्न सकिन्दैन । तर यसको मतलब यो पनि होइनन् कि १७ दिन सम्म लकडाउनको कारण राजधानीमा अलपत्र परेका जनताहरुलाई बेवास्ता गर्नु पनि त होइन होला । राजधानीदेखी बाहिर आ-आफनो घर जान्दा कत्तै कोरोनाको संक्रमित पनि जाने त होइन भने डर सरकारसंग होला ? त्यो डर हुनु सकारात्मक पनि हो । तर घर जाने मानिसहरुको कोरोना लागेको छ वा छैन भनेर कोरोनाको परिक्षण गरेर पनि त अलपत्र परेकोलाई घर पठाउन सकिन्थ्यो होला । तर सरकारले यसो गरेनन् ? चैत २८ र २९ गते कोभिड १९ उच्च स्त्तरिय समन्वय समितिले उपत्यका बाहिर जानेहरुको लागी २ दिन खुला गरिने भनिएको यातायात अन्तिम क्षणमा आएर किन बन्द गरियो सरकार ?

सरकार
राजधानीमा बिशेष गरि मजदुरी, श्रमिक र डेरामा बस्ने मानिसमा कोरोना रोग भन्दा पनि भोकले मर्ने डर र त्राशले आंतङ्कित बनाएको छ । किन कि राहत सामग्री गरिबहरुको लागी, मजदुरीको लागी भनेर कमैले नै पाउने गर्छ, बांकी पहुचवालाले नै पाउछ । नत्र भने किन रोगले भन्दा भोक-भोकले मर्ने डरले काठमाडौ छाडेर राती-राती आफ्नो घर किन फर्कन्दैछ सरकार ? चैत २८ र  २९ अर्थात भोलि र पर्सी खुल्ला गरिने भनिएको यातायात एकएका किन गृह मन्त्रालयले काठमाडौ उपत्यकामा बिभिन्न कारणले रोकिएका नागरिकहरुलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै निर्णय नभएको सुचना जाहेर गर्दछ । भोलि र पर्सी खुल्ला गरिने भनिएको यातायात किन बन्द गरियो सरकार ? सरकारले क्षण -क्षणमा जनता माथि यस्तो निर्णय गर्नु कत्तिको परिपक्वता हो ? ३ कोरोड जनता जान्न चाहन्छ सरकार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सरकारको निर्णय कत्तिको परिपक्वता वा अपरिपक्वता ?" A few seconds ago

सम्बन्धित खवर