प्लिज कोरोनालाई मज्जाक नसम्झ ! – Satabdi News

प्लिज कोरोनालाई मज्जाक नसम्झ !

लक्ष्मी राना मगर

आज मैले एउटा नमिठो भिडियो हेरे मन चसक्क खायो । एक जना दाजु घर देखि गेट बाहिर निस्के । खै, के काम थियो ? उहाँ, जब त्यो दाजु घरको गेट देखि बाहिर जानू भयो त्यत्तिकैमा पुलिसको भ्यान साइनर बजाउदै आयो । मैले त्यो भिडियो दोहोर्‍याइ दोहोर्‍याइ हेरे छक्क परे । छक्क पर्नुको एउटै कारण ती दाजुको हर्कत । जब ती दाजुले पुलिसको भ्यानको साइनर सुने तब उनले आफूलाई मस्तिष्क पक्षघात (सि.पि) भएको नाटक हिडेर नेपाल पुलिसलाई चक्मा दिदै हिंडे । अनि सोचे, हे भगवान, कोरोना थोडी अपांगता भएका ब्यक्तिलाई लाग्दैन ? बुझ्दैन किन यो समाज ? रोगले धनी गरिब अपांग सपाङ्ग भन्दैन । झन् कुरा आयो कोभिड १९ को । अपांगता भएका व्यक्तिलाई छुट अरुलाई नछुट भन्ने कोरोनाको कुन पन्नमा लेखिएको छ ल भन त मलाई ?

यो समयमा सबै सचेत भई घरमा नै बसम । आपतमा सबल र अपांग भन्ने हुदैन । मलाई त चिन्ता तिमी जस्तो नौटकीको होइन मलाई चिन्ता यो देशको अनि आफ्नो स्वास्थ्यको छ । मैले बुझेको कोरोना होस् या त अरु कुनै महामारी या त विश्वमा हुने संकट वा प्रभाव त समान हुन्छ नि होइन र ? बर्ग र स्तर पनि हेर्छ र ? अनि विभेद कसरी, अहिले कै अवस्थालाई हेरम, के कोरोना भाइरसले अपांगलाई नलाग्ने सपाङ्गलाई लाग्ने भन्ने हुन्छ र ? अनि छुट किन अपांगलाई सरकार ? समर्थन त सहि कुराका लागि गर न जब अपांग एक्लो हुन्छ । सहारा बन जति खेर पिछडिएका हुन् तर प्लिज यो कठिन घडिमा सबैलाई घर भित्र राख, अपाङ्ग होस् या त सपाङ्ग सबैलाई समान दृष्टिकोणले हेरिदेउ र सबै अपांगता साथीहरुलाई यो सन्देश “तिमी निरोगी भयौं भने दुनियाँ तिम्रो हुन्छ, साथी भाइ आफन्त सबै तिम्रो हुन्छ, यसरी दुखद: घडिमा तिमी यसलाई मज्जाक नसम्झ अनि सुन तिम्रो लापरबाहिले तिम्रो नक्कल गरेर ती सबल ब्यक्तिहरुलाई फाइदा लुट्न नदेउ…” घर भित्रै बस स्वस्थ भएर बस सु-स्वास्थको कामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्लिज कोरोनालाई मज्जाक नसम्झ !" A few seconds ago

सम्बन्धित खवर