
२५ चैत, सुन्दरहरैचा । सुकुना बहुमुखी क्याम्पसमा रहेको प्रध्यापक संघले सुन्दरहरैचा नगरपालिकाको ” विपत तथा राहत कोषमा ” रकम सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट उत्पन्न महामारीको कारण परिस्थितिको सामना गर्न सुन्दरहरैँचा नगरपालिकाले अाफ्नो भूमिकालाई सशक्त बनाईरहेको हो । सुकुना बहुमुखी क्याम्पसको प्रध्यापक संघको तर्फबाट क्याम्पस प्रमुखले रु १ लाख, दुई हजार एक सय चौरहत्तर सहयोग ” सुन्दरहरैचा विपत व्यवस्थापन राहत कोष ” का सदस्य तथा राहत सङ्कलन तर्फ “सङ्घ संस्था समन्वय समिति” का संयोजक श्री केदार प्रसाद गुरागाईलाई हस्तान्तरण गरेको हो ।
सुकुना बहुमुखी क्याम्पसका प्रमुख चन्द्रमणि राईले आफ्नो फेसबुक स्टाटसमा लेख्दै सो कुरा यस्तो कुरा बताए – ” सबै सँग हातेमालो गर्दै परिस्थितिको सामना गरौँ भन्ने अाह्वान पनि गर्न चाहन्छ। यहीँ सन्दर्भमा अाज सुकुना बहुमुखी क्याम्सका प्राध्यापक तथा कर्मचारीहरूको तर्फबाट “सुन्दरहरैँचा विपत व्यवस्थापन राहत कोष” मा सहयोग गरेका छौ । ”