नेपाल राष्ट्र बैंकको १७ औ गभर्नरमा महाप्रसाद अधिकारी – Satabdi News

नेपाल राष्ट्र बैंकको १७ औ गभर्नरमा महाप्रसाद अधिकारी

२४ चैत, बेलबारी । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अधिकारीलाई अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीलाई सिफारिस गरेको हो ।

यो संगै डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो । अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल राष्ट्र बैंकको १७ औ गभर्नरमा महाप्रसाद अध..." A few seconds ago

सम्बन्धित खवर