२४ चैत, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन समय ८ दिन गरेको छ । सरकारले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड-१९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।
त्यसपछि फेरि एक साताको लागि २५ गते सम्म थपिएको थियो । तर, यो अवधिका कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।