चैत २४, बेलबारी । बिश्वमा महामारीको रुपमा फालिएको कोराना भाईरस सम्बन्धी बालबालिकालाई जानकारी गराउनुपर्नेमा विज्ञले जोड दिएका छन् । बालबालिकाहरुलाई अहिले विश्वभरि के भइरहेको छ, सकारात्मक तरिकाले जानकारी दिएर कोरोना के गर्दा सर्छ अनि यसबाट बच्न के गर्नुपर्छ भन्नेबारेमा बताउनुपर्नेमा विज्ञले जोड दिएका छ्न ।
परिवारमा ठूला व्यक्तिको कुरा सुनिसकेपछि उनीहरुले नै कोरोनाबाट बच्ने उपाय भन्ने र कार्यान्वयन गर्ने गरे धेरै फाइदा हुने बेलायतले गरेको अध्ययनले देखाएको छ । कोरोनाको सङ्क्रमण रोक्नको लागि साबुन पानीले राम्ररी हात धुने, आफ्नो आसपासको ठाउँ सफा राख्ने र व्यक्तिगत दुरी कायम गर्ने गर्नाले कोरोनाको सङ्क्रमणबाट बच्न सकिने देखिएको छ ।
यस्तै बाहिरी सतहमा छोएपछि साबुन पानीले हात नधाेइकन हातलाई मुख, नाक वा आँखामा लैजानु हुँदैन । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले कोभिड १९ बाट बच्चालाई बचाउन विभिन्न उपाय निकालेको छ । यस्तै बच्चालाई बच्ने उपाय कार्यान्वयन गर्न लगाउँदा घरका जोखिममा रहेका व्यक्तिलाई पनि बचाउन सकिने अध्ययनको निष्कर्ष छ ।
कोरोनाको जोखिममा युवाको तुलनामा वृद्धवृद्धा धेरै रहेको पाइएको छ । यस्तै हिँडडुल गर्ने बच्चाभन्दा काखे शिशु कोरोनाको जोखिममा रहेकाले उनीहरुको विशेष ख्याल गर्न पनि अध्ययनले सुझाव दिएको छ । काखे शिशुको रोगसँग लड्ने क्षमता कम भएकाले उनीहरु हिँडडुल गर्ने बच्चाको तुलनामा जोखिममा रहेका हुन् ।