प्रेस नेपालको विज्ञप्ती प्रति लिम्बुवान समितिको आपत्ती – Satabdi News

प्रेस नेपालको विज्ञप्ती प्रति लिम्बुवान समितिको आपत्ती

प्रेस विज्ञप्ति

मिति २०७६ फागुन २० गते समाजवादी पार्टीको जनवर्गीय संगठन प्रेस नेपाल, लिम्बुवान तदर्थ समितिको गठन समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका सल्लाहकार वाङदी लामा, उपाध्यक्ष जेन्टल लावती, सचिवालय सदस्य तथा समाजवादी पार्टी, धरान उपमहानगर अध्यक्ष ताजुब लिम्बु, किरात राष्ट्रिय समितिका सदस्य शुभचन्द्र राई, सचिवालय सदस्य कृष्ण लिम्बु लगायतको उपस्थितिमा प्रेस नेपालका केन्द्रिय सदस्य तथा तत्कालिन संघीय प्रेस फोरम, प्रदेश नं. १ का मुख्यसचिव पत्रकार अजित धिमालको अध्यक्षतामा गठन भएको थियो । (सो गठनको क्रममा प्रेस नेपालका प्रदेश १ का अध्यक्ष (समायोजन हुन बाँकी) संग भेटेरै सल्लाह गरेको र प्रेस नेपाल प्रदेश १ का ईन्चार्जलाई भेट्न मोबाईल सम्पर्क गर्न खोज्दा फोन रिसिभ नगरेको र कल ब्याक पनि नगरेको) ।

समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा २०७६ चैत १ र २ गते विजयपुर धरानमा लिम्बुवान राष्ट्रिय भेला हुन लागि रहेको समयमा पार्टीको लक्ष्य र उद्देश्य पूरा गर्नको लागि तत्काल गठन गर्न आवश्यक परेको हुनाले यो समिति गठन गरिएको हो ।

यो तदर्थ समिति गठन पछि प्रेस नेपालका केन्द्रिय अध्यक्ष केशव अर्याललाई आधिकारिक रूपमा जानकारी गराईएको थियो । यो समिति प्रेस नेपालको अभिन्न अंग हो । यस समितिलाई प्रेस नेपालको विधि प्रक्रियामा लैजान प्रेस नेपालको अधिकार सुरक्षित छ ।

प्रेस नेपाल, लिम्बुवान तर्दथ समिति गठन पश्चात समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिको सांगठनिक गतिविधिलाई प्रचारप्रसार तथा सञ्चार माध्यमसँग समन्वय गर्ने काम गरिरहेको छ ।

अहिले आएर सो तदर्थ समितिले बिश्व भरी फैलिएको कोरोना भाईरसबारे आम जनसमुदायमा सचेत रहन एक प्रेस रिलिज गर्दा गठन भएको एक महिनापछि यो तदर्थ समिति नै अबैधानिक छ भनी प्रेस बिज्ञप्ती आउनु सकारात्मक नियत नदेखिएको प्रष्ट हुन्छ ।

समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति नै अवैधानिक छ भन्ने एकाध कथित पत्रकारको दबाबमा परि विषयको यथार्थ नबुझी जारी गरिएको विज्ञप्ती प्रति खेद व्यक्त गर्दै समाजवादी पार्टीको जनवर्गीय संगठन प्रेस नेपाल, लिम्बुवान तदर्थ समिति अवैधानिक छ भन्ने कुरा कदापि स्वीकार नहुने स्पष्ट पार्दछौं । र प्रेस नेपाल यस्तो कार्यमा नबहकिन आग्रह गर्दै तत्काल सच्याउन सुझाव गर्दछौं ।

साथै प्रेस नेपाल, लिम्बुवान तदर्थ समितिका जिम्मेवार पत्रकारहरुलाई उच्च मनोबलका साथ समाजवादी पार्टीको लक्ष्य र उद्देश्य पूरा गर्नका लागि कटिबद्धताका साथ क्रियाशिल रहन समेत अनुरोध गर्दछौं ।

जय लिम्बुवान । संघीय अभिवादन ।

………………….

मुख्य सचिव

केदार धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रेस नेपालको विज्ञप्ती प्रति लिम्बुवान समितिको..." A few seconds ago

सम्बन्धित खवर