कोरोनासँग आएको खुसी – Satabdi News

कोरोनासँग आएको खुसी

 जितेन साम्पाङ

हुन त कोरोना भाइरस अर्थात COVID-19 बाट अपरिचित आजको यो युगमा सायदको नहोला र १ विश्व को धेरै जनसंख्या भएँको राष्ट्र चीनको उहान भन्ने शहरमा सर्बप्रथम देखा परेको यस भाइरस आज वाइड हाउस हुँदै आलिसान महलसम्म , हुने खानेको देखी हुँदा खानेको झुपडीसम्म  यस भाइरसले विकराल स्थिती सृजना गरेकोे कुरा सर्वबिधितै छ । २१औ शताब्दी सम्म आइपुग्दा हामी मानिसहरूको रहनसहन त धेरै बद्लियो तर खानपिनमा भने झनझन हेल्चेक्राइ गरिरयौ जसको फल स्वरूप अस्पतालको सङ्ख्या भन्दा बढी बिरामिहरुको सङ्ख्या वृद्धि भएँको कारण आज संसार भर स्वास्थ्य जस्तो आधारभुत सेवा पाउन बिरामिहरुलाई ”आकाशको फल आँखा तानी मर” भन्ने कुरा जस्तै भएँको छ ।
यसको मतलब खानपिनलाई मात्रै सबै दोष भकुराएको चाही पक्कै होइन । हामीले गर्दै आएको हरेक क्रियाकलापले समेत उतिकै माइनेता राख्छ्न भन्दा जायज हुन्छ होला हगी ?

आउनुस अब एकछिन हाम्रो वास्तबिक समाजमा तपाइँलाई सयर गराउछु । सर्बप्रथम हामी सारा नेपालीहरुको बानी प्राय मिल्दोजुल्दो छ । कुरो के हो भने हामी कामको भन्दा बढी गफको पछाडी कुद्छौ । आफूले खाएको बिर्सन्छौ तर अरुले खाएको छ भने कदापि बिर्सदैनौ यती मात्रै कहाँ हो र धेरै छन् यस्ता उदाहरण यदी होइन भने आफ्नो मनलाई आफैले एक चोटि सोधेर हेर्नुस त यो भन्दा धेरै स्वार्थिपनको बयान तपाइँको मुटुले दिनेछ । खयर त्यो कुरा छोडौ । बरु हामी यति बिग्न स्वार्थी भएर पनि हामीलाई असीमित माया गर्ने मान्छेहरु पाएकोमा आफूले आफैलाई सधैं धन्यवाद दियौ।

आज बिश्व आधुनिकताको दौडमा लम्किरहदा मानिससँग क्षणिक खुसी बाहेक अरु केही प्राप्ति छैन । घर छन् तर त्यहाँ बस्ने परिवार छैन्न , सम्बन्धहरु छन् तर त्यसलाई निभाउने कुनै आधार छैन्न , पैसा छन् तर खुसी किन्न पाउने कुनै बजार छैन्न , मित्र धेरै छन् तर मित्रता कोहीसँग छैन्न । खास तँ केही छैन्न तर मानिसहरूलाई यस्तै कुराहरुले पिरोलिरहेको छ ।
भनिन्छ हरेक समस्यासँग सकरात्मक र नकारात्मक कुराहरु सँगसँगै जोडिएर आउछन त्यस अनुरुप कोरोनाको कारणले आज संसार त्रासित भएता पनि धेरैको घरमा भने खुसी ल्याएर आएको छ त्यस अर्थमा भएँ पनि कोरोनालाई म धन्यवाद दिन चाहन्छु ।
किन भने धेरै वर्षअगाडि धन कमाउने आशमा घरपरिवार छर्छिमेकी बिर्सिएर सातसमुन्द्र पलाएन भएँको जन्तरे काकालाई कुन दशैं कुन तिहार थाहा थिएन तर यस महामारिले उहाँको आँखा छर्लङ खुलिएछ क्यारे त्यसैले आज उहाँले भन्दै हुन्हुन्छ मेरो परिवार भन्दा ठूलो धन यो संसारमा अरु केही छैनन् रहेछ ।

बिहानै घरबाट कलेज भनि हिँडेर दिनभर मिजमस्तिमा हुमलिएर बेलुकी मात्रै घर पुग्ने लाखौ किशोरकिशोरीहरुलाई यो लक डाउनले बल्ल थाहा भएँको छ आमाबुबाको दुख र घरको वास्तबिक समस्या । कोही यस्ता पनि छन् जस्तो की पतिले पत्निलाई हेर्न सक्दैन्न भने कोही पत्नीले पतिलाई हेर्न सक्दैन्न । यती मात्रै होइन छेउमा पर्न साथ लडाइँ सुरु भैहाल्छ । हो यस्ता सम्बन्धहरुलाई पनि यो लक डाउनले राम्ररी बुझाएका छन् हाम्रो यस्तो झगडाले परिवारमा कस्तो असर परेको रहेछ । हो यस मानेमा पनि म यो भाइरसलाई धन्यवाद दिन चाह्न्छु । दिनभर मोबाइलमा पब्जी र फ्रि फायर खेलेर आफ्नो शृजनशिल समय त्यसै खेर फाल्ने भविष्यका कर्णधार युवाहरुले बल्ल आज समयको महत्व बुझेका छन् । समस्या सँग जुद्वन नसकेर आत्माहत्यालाई नै आफ्नो हल सम्झिने कैयौ जीवनहरुले आज मृत्युको पहाड आखै अगाडी देखेर होला सायद आफू बाच्नुको अस्तित्यो बल्ल बुज्दैछन । आन्दोलन र चुनाबको प्रयोगशालामा आफू सन्तुलित सधै प्रयोग हुने विचरा जनताहरुको आज बल्ल राजनीतिले असल मूल्य चुकाउदैछन । सडकमा दैनिक हुने कैयोउ सडक दुर्घटनाहरुबाट थुप्रै नेप्टे नेप्टीहरु कमसेकम आज टुहुरो हुनुबाट बचेका छन् । यति मात्रै कहाँ हो र पढाइको शीलशिलामा वर्षौं देखी यत्रतत्र छुटीएर टाढाटाढा भएका हज़ारौ मिलनसार साथीहरूले समेत यो क्वारेंटाइनमा आफ्नो बाल्यकाल सम्झिएर प्राय सबै साथीहरूलाई ”तिमी सन्चै त छौ साथी ” भनेर एउटा म्यासेज पठाएका छन् हो यस्ता धेरै कारणहरुले गर्दा पनि होला आज थुप्प्रै ओटहरूमा कोरोनाले खुसी ल्याएका छन् ।

यसको मतलब हामी यहाँ रमाउँदै गर्दा बिश्व आक्रन्त भएँको कुरा कदापि नभुलौ ।सरकारको सत्तामा को छन रु को प्रतिपक्षमा छन रु भन्ने कुरा बिर्सिएर नोबल कोरोना भाइरस अर्थात् (COVID-19 ) एक ठाऊमा उभिएको छन भने अर्को ठाऊमा हामी सिंगो मानवजाति आफ्नो प्रतिरक्षामा एकजुट भएका छौ भन्ने कुरा आजका सबै बिश्व मानबले बुझन अति आवश्क भएको देखिन्छ । आफ्नो शक्ति प्रदर्शन गरी तेश्रो बिश्वयुद्दको महा प्रोपोगाण्डा मचौदै गरेका शक्तिशाली राष्ट्र भनैदाहरुलाई समेत यो मानब घातक रोगले प्रष्ट स्मरण गराईदिएका छन कि युद्दको त्रासले बनाएको आफ्नो अस्तित्योलाई भन्दा मानबता सहितको सेवाले बगाएको एउटा सानो ख़हरेलाई भए पनि आजको यो बिश्वले शिर झुकाईदिने छन ।

अन्त्यत यस महामारीबाट बचन धेरै उपाय मध्य सरल उपाय सरकारले दिएका निर्देशनलाई सही तरिकाले पालना गरौ र अरुलाई पनि गर्न लगाऊ किन कि यो हाम्रै हितको लागि हो भन्ने कुरा कदापि नबिर्सौ । यतिका दिनसम्म बाहिर ननिस्कदा कही भएको छैन, साथीभाईलाई नभेटदाँ केही बिग्रेको छैन, दुई चार छाक मिठो नखादाँ कोही मरेका छैन्न । बरू सक्नु हुन्छ भने आफ़्ना वारिपरि कोही साहेताबिहीन छन भने तपाई हुनुको उनीहरूलाई आभास दिनूहोस र तपाईले जसरी अहिले आफ्ना दबिएका प्रतिभाहरूलाई निकाल्दै हुनुहुन्छ हो त्यस्ता तपाईका खुबीहरूलाई यो समयमा आफूले आफैलाई सक्दो चिन्ने कोशिस गरनुस किनकी अबको केही दिन पछि फेरी हाम्रो ब्यस्त ज़िन्दगी त्याहिबाट सुरु हनेछ , जहाँबाट हामीले छाडेर आएका थियौ ।  अर्को यस्तै महामारी नआइनजेलसम्मका लागि हामी फेरि टाढा…….टाढा हनेछौ । तपाई पनि म पनि ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोनासँग आएको खुसी" A few seconds ago

सम्बन्धित खवर