मित्रता – Satabdi News

मित्रता

हे मित्र ! नभुल्नु मलाई कहिले
साथमा रहने छु म तिम्रो जहिले,
जस्तो हिमालको छ त्यो अटलता
त्यस्तै बलियो छ हाम्रो यो मित्रता।

जबसम्म आकाशमा चन्द्रसूर्य रहिरहन्छ
तबसम्म हाम्रो मित्रता चलिरहन्छ,
न त हामी दाजुभाइ , न त काकाभतिज
देखेर हाम्रो मित्रता मानिस हुन्छन् चकित।

हाम्रो मित्रता होइन बालुवाको घरजस्तो
यो त हो ठुलो चट्टानको पहाडजस्तो,
सिमसिमे पानी सरह बाधाले डुब्दैन यो
साम, दाम, दण्ड, भेद लगाए पनि टुट्दैन यो।

टुक्राउन खोज्छ जसले हाम्रो यो मित्रतालाई
कसम मित्र ! खबरदार छ त्यसलाई,
बन्यौँ तिमी मेरो जीवनको महत्त्वपूर्ण भाग
मित्रतामा बाधा ल्याउन नआउन् कुनैपनि काग।

सन्दिप अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मित्रता" A few seconds ago

सम्बन्धित खवर