बेलबारीको सुन्दर टोलमा गोदावरी स्कुलको सहयोगमा खाद्यान्न वितरण – Satabdi News

बेलबारीको सुन्दर टोलमा गोदावरी स्कुलको सहयोगमा खाद्यान्न वितरण

बेलबारी, १९ चैत ।  बेलबारी वाड नं। ३ स्थित सुन्दर टोलमा सुन्दर टोल विकास समितिले गोदावरी विद्या मन्दिर सेकेण्डरी बोर्डिङ स्कुलको सहयोगमा ज्यालामजदुरी गर्ने परिवारलाई खाद्यान्न वस्तु वितरण गरेको छ ।

बुधवार बेलबारी वाड नं। ३ स्थित सुन्दर टोलमा नगरपालिका र वाड कार्यालयसँगको समन्वयमा र गोदावरी स्कुलको सहयोगमा १० परिवारलाई खाद्यान्न वस्तु वितरण गरेको हो । ज्याला मजदुरी गर्ने परिवारको पहिचान गरी राहत वितरण गरेको टोल समितिले जनाएको छ ।
टोल समितिले परिवार सदस्य सङ्ख्याको आधारमा खाद्यान्न वितरण गरेको छ । प्रति परिवारमा १ देखी २ जना सम्म सदस्य सङ्ख्या भएका लाई १० केजी चामल र १ केजी दाल, ३ देखी ४ सम्म सदस्य भएकालाई २० केजी चामल र १ केजी दाल र ५ देखी माथि सदस्य सङ्ख्या भएकालाई ३० केजी चामल र १ केजी दाल वितरण गरिएको सुन्दर टोल विकास संस्थाले जनाएको छ ।
सुन्दर टोल भित्र रहेका ज्याला मजदुरी गर्ने ३१ परिवार मध्य निजी संस्थाको सहयोगमा पहिलो चरणमा १० परिवारलाई मात्र सहयोग भएको संस्थाले जनाएको छ । बाकी रहेको २१ परिवारलाई नगरपालिकाले खाद्यान्न प्रदान गर्ने बेलबारी नगरका प्रवक्ता तथा वाड नं। ३ का अध्यक्ष योगेन्द्र सुवेदीले बताएका छन् ।

सुन्दर टोलमा अवस्थित गोदावरी स्कुलले ज्याला मजदुरी गर्ने परिवार कोही पनि भोको रहनु नपरोस् भनेर खाद्यान्न खरिदको लागि टोल विकास संस्थालाई सहयोग गरेको स्कुलका सञ्चालक ललित राईले बताएका छन् । उनले भने, ‘सुन्दर टोलमा हाम्रो शैक्षिक संस्था छ । तसर्थ हाम्रो पनि केही जिम्मेवारी बन्छ । यही सोचेर ज्याला मजदुरी गर्ने परिवारको लागि खाद्यजन्य वस्तु खरिद गर्देको हौ ।’
कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनले उत्पन्न भएको विभिन्न समस्या मध्य ज्याला मजदुरी गर्ने परिवारमा खाद्यान्नको अभाव प्रमुख बन्दै गएको छ । यो देशको नै समस्या बनेको छ ।

मोरङको बेलबारीमा पनि सोही समस्याको समाधानको लागि कोही पनि भोको बस्नु पर्ने स्थिति नरहोस् भनेर नै विभिन्न स्थानीय सामाजिक संघसंस्थाले राहत वितरण गरी रहेको छ । यसै क्रममा सुन्दर टोलमा पनि गोदावरी स्कुलले खाद्यान्न वितरणको लागि गरेको आर्थिक सहयोग पनि प्रशंसा योग्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको सुन्दर टोलमा गोदावरी स्कुलको सहयोगमा ..." A few seconds ago

सम्बन्धित खवर