भिगाेरस नेपालद्वारा राहत वितरण – Satabdi News

भिगाेरस नेपालद्वारा राहत वितरण

नरेश क्षितिज

१६ चैत्र , धरान । विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाईरस (काेभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गरिरहेका मजदूरहरुको जनजीवन प्रभावित हुन थालेको अवस्थामा धरान १५ बगरकोट स्थित शिवगंगा बस्तीका सुकुम्वासीहरुलाई भिगोरस नेपाल नामक गैह्रसरकारी सँस्थाले राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

समाजसेवी धर्म तामाङ्ग तथा मिडियाकर्मी ईन्द्र कुमार लिम्बूको पहलमा भिगोरस नेपालकी उपाध्यक्ष रुपा लिम्बुको विशेष उपस्थपतिमा बस्तीबासीहरुलाई राहत वितरण गरिएको थियो । सो कार्यक्रममा राहत वितरण गर्दै भिगोरस नेपालकी उपाध्यक्ष रुपा लिम्बुले दैवीक प्रकोप लगायत विभिन्न समस्यामा परेकाहरुलाई यस्तै राहतहरु वितरण गर्दै आईरहेको र आगामी दिनहरुमा पनि आफ्नो सँस्थाले सकेसम्म समस्याहरुको समाधान गर्ने बताईन् । राहत पाएपछि स्थानीयबासीहरुले हर्षित हुँदै उक्त सँस्थालाई धन्यवाद समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भिगाेरस नेपालद्वारा राहत वितरण" A few seconds ago

सम्बन्धित खवर