लकडाउनको समय अवधि थप ८ दिन हुने – Satabdi News

लकडाउनको समय अवधि थप ८ दिन हुने

१६, चैत, बेलबारी । सरकारले लकडाउनको समय अवधि ८ दिन थप्ने निर्णय गरेको छ। आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन थप्ने निर्णय गरेको हो ।

सरकारले गत चैत ११ गते बिहान ६ बजे देखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन सम्म लकडाउन हुनेछ ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउनको समय अवधि थप ८ दिन हुने" A few seconds ago

सम्बन्धित खवर