गरीब मजदुरहरुलाई खानाको व्यवस्था गर्ने प्रदेश २ सरकारको निर्णय – Satabdi News

गरीब मजदुरहरुलाई खानाको व्यवस्था गर्ने प्रदेश २ सरकारको निर्णय

१६ चैत, जनकपुरधाम । लकडाउन अवधिभारि २ न प्रदेश सरकारद्वारा मजदुरहरुको खानाको व्यवस्था गर्ने भएकाे छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनका कारण गरिब मजदुरहरुमा समस्या आएकोले जीवनरक्षाका निम्ति सरकारबाट खानाकाे व्यवस्था गर्ने निर्णय गरेकाे हाे । यसकाे व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बराबरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।
यसका लागि प्रत्येक स्थानीय तहमा रहेका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवीहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ । यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सतप्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ ।
सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीतिबारे जानकारी गराउन सर्वदलीय बैठकले समेत बोलाएको थियो । सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरु, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल, विभिन्न मन्त्रालयका सचिवहरु समेत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गरीब मजदुरहरुलाई खानाको व्यवस्था गर्ने प्रदेश २..." A few seconds ago

सम्बन्धित खवर