कोरोना भाइरसले स्पेनिस राजकुमारी मारिया टेरेसाको मृत्यु – Satabdi News

कोरोना भाइरसले स्पेनिस राजकुमारी मारिया टेरेसाको मृत्यु

काठमाडौं, १४ चैत । नोबेल कोरोना भाइरस अर्थात ( कोभिड १९) संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो।

कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको डेलीमेलले जनाएको छ। बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ। संक्रमतिहरुमध्ये १२ हजारजना उपचारपछि घर फर्किसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना भाइरसले स्पेनिस राजकुमारी मारिया टेरेसाक..." A few seconds ago

सम्बन्धित खवर