भोजपुर । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) अरुण गाउँपालिका कमिटिले पार्टी कार्यलय क्वारेन्टाइनका लागी सरकारलाई उपलब्ध गराउने विज्ञप्ती मार्फत जनाएको छ।
विज्ञप्ती जारी गर्दै गाउँपालिका पार्टी कमिटिले नोबेल कोरोना भाइरस ( कोभिड १९ ) विश्वका बिभिन्न मुलुकमा महामरीको रुपमा चुनौती बन्दै गएको प्रती नेपाल सरकारले गरेको निर्णयको स्वागत एवम् एकबद्द्ता जनाउदै नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा० अरुण गाउँपालिका कार्यलय १२ शैया क्षमता बराबर क्वारेन्टाइनको लागी अर्को व्यवस्था नभए सम्मको लागी नेपाल सरकारलाई उपलब्ध गराएको छ ।
विज्ञप्ती गाउँपालिका पार्टी अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरेको हस्ताक्षरमा जारी गरिएको हो।