लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
उनी १० दिन सम्म पनि आईसोलेशन बस्दा सम्म निको नहुने छाटकाट देखिए पछि सबै नेपालीहरलाई सचेत रहन आग्रहसमेत गरेका छ ।
संक्रमणको पीडादायी अनुभव इन्टरनेट सामाजिक सञ्जाल फेसबुकमा राख्ने आफ्नो सोच नभएको, तर आफन्त र साथीभाईलाई संक्रमणले थप भयावह बनाउन सक्ने डरले सावधानी अपनाउन आग्रह गरेकी छिन्।
फेसबुकमा उनले लेखेकी छिन्, ‘१० दिनको सेल्फ़ आइसोलेसन पछि COVID 19 सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’
