बेलबारीको सैनिक मार्ग कालोपत्रे नहुदा स्थानियबासी धुलोको चपेटामा – Satabdi News

बेलबारीको सैनिक मार्ग कालोपत्रे नहुदा स्थानियबासी धुलोको चपेटामा

शताब्दी न्युज संवाददाता
७ चैत, बेलबारी । बेलबारी नगरपालिकामा रहेको पुरानो बेलबारी देखि वडा कार्यालय ४ र ५ जोडने सडकको स्तर उन्नति नहुदा त्यहा स्थानिय बसिन्दा धुलो र धुवाको मार खोप्नु परेको छ ।
बेलबारीको बन कार्यालयबाट ४ नं वडा कार्यालय जोडन सडक( सैनिक मार्ग ) कालोपत्रे नहुदा स्थानीय धुलो र धुवाको चपेटामा मात्र परेका छन । दैनिक जसो हजारौको संख्यामा यात्रा गर्ने उक्त सडकमा कालोपत्रे बन्न सकेको छैन ।
स्थानीयबासीले सडक नभन्नुको कारण के हो भनेर बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीलाई सोध्दा – ” यो सडक बन र सुकुम्बासी जग्गामा पर्ने हुनाले अलि समय लाग्ने भएको छ । हामीले प्रदेश तथा संघीय सरकारले पटक पटक आग्रह पनि गरेका छौ । ” हिउदा यममा धुल्लामे र बर्षा याममा हिल्लामे हुने यो सडकबाट धेरै जसो टिफर, बाईक र साईकल गुडने गरेको छ ।
बन कार्यालयबाट मिरमिरे चोक सम्मको १ कि.मि कालोपत्रे भएको छैन । बाकी सडक कालो पत्रे भए पनि धेरै खाल्डा खुल्डी रहेका छन ।
गएको चुनावमा एमाले तर्फको उम्मेदवार बन्नु भएको अहिले मेयर ज्ञानेन्द्र सुवेदीले ” एमालेलाई भोट दिनुभयो बने अबको केही बर्षमा यो कालो पत्रे बनाईने योजना अघि सारे पनि चुनाव जितेर अहिले नआएको स्थानीय बासीहरु गुनासो रहेको छ । सडकको कालो पत्रे नहुदा सडकमा हिड्ने यात्रुको संख्यामा पनि दिनदिने घट्दै गईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको सैनिक मार्ग कालोपत्रे नहुदा स्थानियबा..." A few seconds ago

सम्बन्धित खवर