६ चैत, मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउपालिका -२ टाँडीमा १ नं प्रदेश स्तरीय क्वारेन्टाइनस्थल तयार गरिएको छ ।
नेपाली सेनाले उक्त स्थानमा दुई सय जना बस्न सक्ने क्वारेन्टाइन स्थल निर्माण गरेको हो । प्रदेश सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टाप्पुमा १ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने घोषण गरेको थियो ।
नेपाली सेनाको सक्रियतामा करिब ४ विघा जमिनमा उक्त क्वारेन्टाइनस्थल निर्माण गरिएको हो । मोरङको टाडीमा बनाए संगै अब सुनसरीको श्रीलंका टाप्पुमा थप २ सय क्षमताका क्वारेन्टाइनस्थल बनाउने सहायक रथी ढकालले बताए ।
‘कोरोनाबाट संक्रमित भएको ब्यक्तिहरुलाई सहज हुने गरी बनाएको छ । प्रत्येक क्याम्प भित्र दुई बेड रहेका छन । क्याम्प भित्र दुई मिटरको फरकमा वेड राखिएको छ । त्यसैगरी मोवाइल चार्ज, वत्ती, पंखा लगायतका आवश्यक सामाग्री पनि छुट्टा/छुट्टै प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।