३ चैत्र, धरान । समाजवादी युवा संघ १ नं प्रदेश समितिले केही दिन अघि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरू माथि भएको दुर्व्यवहारको बिषयलाई लिएर आज ज्ञापन पत्र भएको बुझाएको छ ।
समाजवादी युवा संघले कलेज प्रसासन समक्ष ज्ञापनपत्र बुझाउँदै सङ्गठनको ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अघि होली मनाउने क्रममा कलेजको हाताभित्र प्रवेश गरी केही अराजक युवाहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै हातपात गरेर घाइते समेत भएका थिए । घटना घटे लगतै समाजवादी युवा संघका अध्यक्ष श्री सुब्बाको पहलमा आगामी दिनमा यस्तो घटना नहुने गरी समस्याको निराकरणको पहल भएको थियो ।
घटनाबारे क्याम्पास बेखबर जस्तै देखीएको भन्दै युवा संघले प्रशासनलाई आफ्ना विद्यार्थीहरुको सुरक्षार्थ जिम्मेवारी बन्न ध्यानाकर्षण गराएको छ । टाढा टाढा देखी त्यहाँ पढ्न आउने विद्यार्थीहरुले असुरक्षित महशुस गर्नु दुर्भाग्यपूर्ण भएको , र त्राशपूर्ण वातावरणमा विद्यार्थीहरूले राम्रो शिक्षा लिन नसक्ने भन्दै यस्तो अवस्थाको अन्त्य गर्न क्याम्पसलाई जिम्मेवार बन्न सुझाइएको संघका अध्यक्ष श्री सूब्वाले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै क्याम्पस प्रमुखले समाजवादी युवा संघले क्याम्पसमा घटेको घटनालाई बाट उत्पन्न परिस्थितिलाई सहज गर्न खेलेको भूमिकाप्रति धन्यवाद दिँंदै आगामी दिनमा कलेज प्रशासन थप जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गरको अध्यक्ष सुब्बाले बताए ।
