३ चैत्र, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपयाँका दरले मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपालमा पनि मूल्य घटाएको निगमका महानिर्देशक सुरेन्द्र कमार पौडेलले बताए । अब पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ , डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम रहेको छ । निगमका अनुसार घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ ।