बेलबारी । एलाइट जिम धरानद्वारा आयोजित तेस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय व्यापी शारीरिक सुगठन प्रतियोगिता – २०७६ मा बेलबारी नगरपालिका वडा न-३ निवासी तथा “उर्लाबारीका फिनिक्स फिटशालाका ” मनोज सुबेदी ज्यु ६५ के.जि तौल समुह प्रतियोगितामा प्रथम बडि बिल्डरको उपाधी तथा सम्पुर्ण तौल समुहका बिजेताहरु मध्येमा चौथो स्थान हासिल गर्न सफल हुनु भएको छ ।
कडा प्रतिस्प्रधाका साथ ६५ के.जि तौल समुहमा प्रतिस्पर्धामा उत्रिएका मनोज सुबेदी प्रथम हुनेमा लगभग बिस्वस्थ देखिन्थे । कम बोल्ने,कडा मेहेनत गर्ने र बर्सौ देखी उपाधिमा अर्जुन दृष्टी नजर राख्ने मनोज जब नतिजा आफ्नो हातमा परेको निर्णय सुन्दा केही भाबुक देखिन्थे भने आखाभरी खुसिको आंसु देख्न सकिन्थ्यो। ६५ के.जि तौल समुहको बडी बिल्डिंग च्याम्पियनको प्रथम ट्रफी सहित नगद 40 हजार नगद पुरुस्कार हातमा लिदै यस ट्रफीको श्रेय बुल हैवीवेट च्याम्पियन मिस्टर नेपाल 2075 बिजेता गुरु प्रकास राईलाई जाने बताए । साथै “उर्लाबारीका फिनिक्स फिटशाला” का ट्रेनर अर्जुन राई लगायत सम्पुर्ण टिम , मेरो सम्पुर्ण साथीभाई र मलाई सहयोग गर्नूहुने सुभचींतकलाई बिशेष धन्यबाद दिए ।
मनोज सुबेदी हाल बेलबारी नगरपालिका वार्ड न 3 मा 15 बर्सिय एक छोरिको साथमा स्थायि बसोबस गर्नूहुन्छ । बिगतको कुरा सम्झना गर्दै भाबुक हुन्दै सताब्दि न्युजलाई भने , बिगत 14 बर्ष अगाडि अल्लारे बल्लारे उमेरमा साथीभाईको संगतमा केही बर्ष दुर्ब्यसनीमा फसेको बताए । पछी यो कुलतबाट बहिर निस्किन, दुर्ब्यसनी छोड्न जिमखाना जाने गरेको र अहिले सम्म निरंतर कडा मेहेनत गरेकोले यो सफलता आज प्राप्त भएको बताऊनु भयो। मलाई यहा सम्म पुर्याउनूमा सहयोग गर्नू हुने पथरीका गुरु बुल मिस्टर नेपाल हेभी वेट च्याम्पियन 2075 मेन बिजेता प्रकास राई रहेको बताए । बेलबारीबासी सम्पुर्ण भाईबहिनीलाई आफ्नो अमुल्य जिवन दुर्ब्यसनीमा नफस्न, पढाई पछी बचेको समयमा जिमखाना जाने, खेलकुदमा लगाऊँने सल्लाह दिनुहुन्छ ।
उहा बिगत लामो समय देखी बेलबारीमा रहेको ‘बेलबारी पुनस्थापना केंद्र’ सन्चालनमा पनी जोडिएर सहयोग गर्दै आउनू भएको छ। अन्तमा यो मेरो सफलता र मेरो ट्रफी मेरो मुटू , मेरो छोरि मनिका सुबेदीलाई समर्पण गर्ने बताए । एउटा दुर्ब्यसनीमा फसेको युबा 14 बर्ष सम्मको अथक प्रयास पछी आज सम्पुर्ण बेलबारी बासिको नाम देश बिदेशमा चिनाऊन सफल भएकोमा मनोज सुबेदी ज्यूलाई सताब्दि न्युज टिमको लाखौ लाख बधाई तथा सुभकमना ।